ओलीले जनतालाई ढांट्ने बाहेक अरु काम गरेनन् : नेतृ झांक्रि

  • पुष २७, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । नेकपाकी केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झांक्रीले प्रधानमन्त्री केपी ओलीलाई जनतालाई ढांट्न दही चिउरा खाए जस्तै भएको बताएकी छन ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कदम चालेको तर कुनै हिनताबोध नभएको बताइन । विराटनगरमा अनेरास्ववियु मोरङको सपथग्रहण कार्यक्रममा आईबार बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले जनता ढांट्नु भनेको दही चिउरा खाए जस्तै हो ।’

झांक्रीले हुंदै नभएको अधिकार प्रयोग गरेर सगर्व प्रतिनिधि सभा बिघटन गरेको बताईन । उनले भनिन्, ‘अहिले पनि तुईन झुन्डिएका छन्, रेल कहाँसम्म आयो ? आएको रेल त त्रिपाल ओढेर बसेको छ, पानीजहाजको काउन्टर कहाँ छ ? गफ दिने र ढांट्नेले अहिले माक्र्सवादको भाषण दिएर बसेका छन ।’ ओलीले बेसार, ल्वाङ, बाईबल आदि धेरै विषयमा आधारहिन गफ दिएर ढांट्ने गरेको जिकिर गरिन।

चुनाव हारेकालाई जिम्मेवारी दिएर परिवार र बिचौलियाको घेराबन्दीमा परेर ओली सिंहदरबारसम्म नआएको बरु बालुवाटारबाट शासन चलाएको आरोप लगाइन ।

मन्त्री र प्रधानमन्त्रीलाई बहिष्कार गर्नु पर्ने भन्दै उनले धुप बालेर गरिने आन्दोलनले प्रभाव नपर्ने भन्दै कडा आन्दोलन गर्नुपर्नेमा जोड दिइन ।

उनले भनिन्, ‘विद्यार्थीले ढुंगामुढा मात्र गर्दैनन, विद्यार्थी आन्दोलनको औचित्य सकिएको छैन्, नयाँ भूमिका र चुनौतीहरु साथ विद्यार्थी सडकको मझदारमा आएका छन, नैतिक मूल्य मान्यता निर्धारण नहुँदा यस्तै अवस्था रहन्छ, पार्टी फुट्यो फुटेन थाहा छैन, अहिले नेता सूर्य कता पर्छ भनेर भाग खोजेर बसेका छन ।’ उनले जोखाना हेरेर होईन सही मूल्य गरी कित्ताकाट गर्नुपर्ने भन्दै उनले नयाँ ढंगले आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्ने विद्यार्थी नेताले केही वर्षअघि विराटनगर आइ गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री ओलीलाई विद्यार्थीले कहिले घर घरमा ग्यास वितरण गर्ने भनेर प्रश्न समेत गरेका छन । ओलीले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट बन्द भइसकेको तर उनैले घोषणा गरेको ग्यास वितरणको चर्चा कहाँ पुग्यो भन्दै प्रश्न तेर्साएका हुन ।

अनेरास्ववियुका केन्द्रीय सदस्य ओसिम आलमले भने, ‘पाइपबाट घर घरमा ग्यास वितरण गर्ने भन्नुहुन्थ्यो आएर हेर्नुहोस तपाईंले विराटनगरमा उदघाटन गरेको गोबर ग्यास प्लान्ट नै बन्द भईसक्यो । घरघरमा ग्यास कहिले आउँछ ?’ ओलीले विराटनगर १४ मा पाइपबाट ग्यास वितरण गर्ने परियोजना उद्घाटन गरेका थिए । आलमले “गुटियाहरुको भेला गर्दै हिड्ने आरोप लगाऊंदै निर्मला पन्तको हत्यारा खै ? चुच्चे नक्सा छापिएको किताब किन रोकेको ?” प्रश्न गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले ओलीको प्रतिगामी कदमले मुलुकलाई पछि धकेलेको बताए । नेकपा प्रदेश सदस्य कुशल लिम्बूले ओली आन्दोलनबाट फ्यांकिने दाबी गरे । नेकपा मोरङ सचिव गणेश उप्रेतीले आन्दोलनबाट ओलीको कदमको विरोध गर्दै जनता समक्ष जानु पर्ने बताए ।

कार्यक्रममा मृत्युन्जय झा, अनेरास्ववियु मोरङ अध्यक्ष टेकेन्द्र क्षत्री, केन्द्रीय सदस्य ताजिम अन्सारी केन्द्रीय जिसस न्यौपाने, सुमन कालीकोटे अनेरास्ववियु सह–इन्चार्ज मोरङ लगायतले संविधान सभा बिघटन संविधान विपरीत भएको बताए । अनेरास्ववियुले मोरङमा आंगिक क्याम्पस र १७ पालिकाको कमिटीलाई पूर्णता दिईएको कार्यक्रममा जानकारी दिइयो ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved