इटहरीमा नेकपाको छुट्टा छुट्टै रणनीति: निर्वाचनमा सहभागि हुन ओली पक्षको आव्हान

  • पुष २३, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । संसद बिघटनपछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनको अन्तरमा इटहरीमा छुट्टा छुट्टै भेला सम्पन्न गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले मंगलबार इटहरीको खनारमा छुट्टै भेला सम्पन्न गरी प्रधानमन्त्री केपि शर्मा ओली बिरूद्ध आन्दोलन थाल्ने निर्णय गरेको छ भने बुधबार इटहरीकै लायन्स क्लबको भवनमा ओली पक्षको छुट्टै भेलाले निर्वाचनमा सरिक हुन आव्हान गरेको छ ।

मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षको भेलाले आन्दोलन समिति नै बिस्तार गरेको छ । जसमा प्रदेशस्तर देखि पालिका तर सम्मको परिचालन समिति गठन गरेको छ ।

इटहरी उपमहानगरमा राष्ट्रीय खेलकुद समितिका पूर्व सदस्य सचिव केशव कुमार बिष्टको नेतृत्वमा आन्दोलन समिति गठन गरेको छ । भेलाले प्रम ओलीको कदम बिरूद्ध प्रदेश हुदै स्थानीय स्तर सम्म आन्दोलनका कार्यक्रमहरू अघि बढाउने निर्णय समेत गरेको छ ।

मंगलबार सम्पन्न प्रचण्ड – नेपाल पक्षको भेलाले जस्तो सुकै परिस्थिति आइपरे पनि तोकिएको समयमा निर्वाचन हुन नदिने र ओली बिरूद्ध आन्दोलनलाइ सशक्त बनाउने निर्णय गरिएको नेकपा नेता राम प्रसाद चौलागाइले बताए । छलफल इटहरी नगर कमिटिका अध्यक्ष बहादुरसिंह तामाङको सभापतित्वमा बसेको थीयो ।

त्यस्तै प्रधानमन्त्री केपि शर्मा ओली पक्षका अनेरास्ववियुले बुधबार छुट्टै भेला सम्पन्न गरेका छन । प्रदेश एकका आन्तरिक मामिला तथा सामाजिक बिकाश मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा बसेको भेलाले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नु पर्ने अडान राखेको छ ।

भेलामा प्रमुख अतिथि मन्त्री कार्कीले नेकपा भित्रका प्रचण्ड– माधव पक्षलाइ निर्वाचन देखि डराएर सरकार बिरूद्ध आन्दोलन चर्काउन लागेको आरोप लगाए ।
ओली पक्षको भेलाले प्रचण्ड– माधव पक्षलाइ जनताले साथ नदिने भएका कारण चुनाव भाड्ने रणनीतिमा लागेको आरोप पनि लगाएको छ । प्रधानमन्त्री ओलीले चालेको कदम स्वागत योग्य रहेको भन्दै निर्वाचन पछि पनि ओलि नेतृत्वकै बहुमत देखिने दाबि गरेको छ ।

त्यस्तै आगामि २०७८ असोजमा हुने अनेरास्वबियुको केन्द्रिय अधिवेसनलाइ सम्पन्न गराउन १ सय १५ वटा आयोजक कमिटि गठन गरिएको छ । अनेरास्ववियुको सुनसरीमा नेतृत्व पनि फेरीएको छ ।

यस अघि सुनसरी संयोजक रहेका जिवि गजल केन्द्रिय सदस्यमा मनोनित भएपछि जिल्लामा रोसन रेग्मीलाइ संयोजक तोकिएको छ ।

र्कायक्रममा बिशिष्ट अतिथि अनेरास्ववियु केन्द्रीय कार्यालयका सदस्य समित बराल, नेकपाका केन्द्रिय सदस्यहरू मुरारी सुवेदी, बिजय राइ, मोतिराज सुनुवार लगायतले मन्तब्य राखेका थिए ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved