खाली भए प्रदेश १ का कोरोना अस्पताल कोसी र वीपी प्रतिष्ठानमा एक–एक जना कोरोना संक्रिमत

  • पुष २४, २०७७
  • कुमार लुइँटेल
alt

विराटनगर । सरकारको अनुमान थियो यो हिउँदमा कोरोना संक्रमणले झन् उग्र रुप लिनेछ । संक्रमितको संख्या बढ्दा स्वास्थ्य क्षेत्र संचालन र बिरामीको व्यवस्थापनमा कठिनाई आउन सक्ने आँकलन थियो ।

सरकारले परिस्थितलाई काबुमा राख्न विशेष स्वास्थ्य सावधानी अपनाउन नागरिकहरुमा अपिल गरिरहेको छ ।

तर, पुस चौथो साता शुरु भईसक्दा प्रदेश १ का अस्पतालहरुमा भने कोभिड १९ का बिरामीको संख्या घटेर शैया खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी र निजी अस्पतालहरुमा अब दोहोरो संख्यामा संक्रमित छैनन् ।

प्रदेश सरकारले गत चैत महिनाबाट संचालनमा ल्याएको कोशी कोभिड १९ अस्पतालमा एक जनामात्र संक्रमित उपचाररत छन । अस्पतालका अनुसार बुधबार साँझसम्म दुई जना संक्रमितमध्ये भेन्टिलेटरमा उपचाररत एक जनाको आज बिहान मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी आनन्द लामिछानेका अनुसार पछिल्लो एक महिना यता संक्रमित भर्ना हुने दर घटेर लगभग शून्यमा पुग्ने अवस्था छ । उनले भने, ‘अहिले संक्रमित भई उपचार गर्न आउनेको संख्या घट्न शुरु भएको छ ।’ हालसम्म कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ८ सय २२ जना भर्ना भएकोमा ५५ जनाको मृत्यु भएको छ ।

कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले अहिले कोरोना संक्रमणको दर घटेको देखिएको बताउँदै भन्छन्, ‘परीक्षण संख्या पनि क्रमशः कम हुँदै गएकोले पनि कमी आएको देखिन्छ ।’

अस्पतालले ज्वरो आएका र रुघाखोकी लागेका बिरामीलाई पहिले फिभर क्लिनिकमा परीक्षण गरेर मात्र स्वाब परीक्षण गर्न थालिएको जानकारी दिएका छन ।

प्रदेश १ मा दैनिक १ हजारको संख्यामा हुने गरेको परीक्षण अहिले ४ सय हाराहारीमा झरेको छ । कोसी अस्पतालको आईसोलेसनका इञ्चार्ज डा. लक्ष्मीनारायण यादव अहिले संक्रमितको संख्यामा कमी आएको देखिएपनि लापरवाह भने गर्न नहुने आम सर्वसाधारणलाई सुझाव दिन्छन ।

यादवले भने, ‘सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी प्रोटोकल सबैले मान्नुपर्छ, कोभिड पुरै सकिएको जसरी व्यवहार गर्नु हुँदैन ।’ उनले संक्रमणले जुनबेला पनि स्वरुप फेर्न सक्ने खतरा भने रहिरहेको बताए ।


रेफरल अस्पतालको रुपमा समेत सेवा दिई रहेको धरानको विपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विहीबारसम्म जम्मा एक जना संक्रमित मात्र उपचारमा छन । अस्पताल प्रशासनका अनुसार हालसम्म भर्ना भएका १ हजार १ सय ७३ जना मध्ये १ सय १९ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानबाट कोरोना ठिक भई ९ सय ७६ जना डिस्चार्ज भएका छन । प्रतिष्ठानले हालसम्म ७३ हजार ३ सय ७ नमूना संकलन गरी पीसीआर परीक्षण गरेको छ । तीमध्ये ६४ हजार ३ सय २९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ४ सय १० जना रहेका छन् । तीमध्ये ३ सय ९१ जना होमआईसोलेसनमा छन ।

२९ हजार ९ सय २८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४ सय ६३ जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म २ लाख १० हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको छ ।

विराटनगरमा निजी क्षेत्रसमेतको पहलमा खोलिएको एक सय शैयाको नागरिक केयर सेन्टरमा बिरामी भर्ना भएका छैनन् । संक्रमित हुने दर नै कम भएपछि अस्पताल भर्ना हुने बिरामी नभएको निजी अस्पतालले समेत जनाएका छन ।

विराटनगरको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विहीबार मध्यान्नसम्म अस्पतालमा जम्मा ४ जना कोरोना संक्रमित उपचाररत छन । दाहालले भने, ‘आईसियूमा राख्नुपर्ने बिरामीको संख्या विगत जस्तो छैन, दोहोरो अंकमा संक्रमित भर्ना नभएको त निक्कै भईसक्यो ।’

नोबेलले कोरोना परीक्षण र उपचार दुबैको प्रबन्ध गरेको छ । दाहालका अनुसार अहिले अस्पतालसम्म आई कोरोना परीक्षण गर्नेको संख्यामा समेत कमी आएको छ । विराटनगरकै विराट अस्पतालले संचालन गरेको कोभिड उपचार केन्द्रमा ४ जना उपचारमा छन । मेची अस्पतालमा ३ जना आईसोलेसनमा उपचार गराईरहेका छन ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved