मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयको कार्यभार सम्हाले

  • पुष २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएपछि पदमुक्त गरिदिएका राईले विहीबार मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन । त्यस अवसरमा राईले प्रदेश संरचना संघीयताको मुटु भएको भन्दै यसलाई दोश्रो वर्षको अन्त्यदेखि यसको संचालनमा समस्या देखिदै गएको आफुले पाएको बताए ।

भने,“चालु आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको र समस्या पहिचान भएकाले उपचारको प्रक्रिया शुरु भईसकेको मुख्यमन्त्री राईको भनाई छ । उनले मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहेको क्रोनिक अवस्थामा पु¥याइएको मन्त्रालयलाई पूवर्वत रुपमा संचालन गरिने बताए ।

आर्थिक मामिला मन्त्रालय कस्का कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै जानकारी आफुले प्राप्त गरेको राईले जिकिर गरे ।

प्रदेश सरकारले सही र यथार्र्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकोबारे विभागीय मन्त्रीलाई पटक–पटक सचेत गराएको बताउँदै भने,“मन्त्रालयमा देखिएको बेथितिलाई पूर्णरुपमा निर्मुल गर्न निर्देशन दिएको छु ।

प्रणालीको विकास हुन नसक्दा मुलुकको दिगो र व्यवस्थित विकास हुन सकेका छैन ।” उनले प्रदेशमा प्रणालीको विकास गरी अनुसन्धानमा आधारित विकास कार्यअघि बढाईने बताए ।

प्रदेशमा बढेको घटनाक्रमबाट भ्रममा नपर्न भन्दै उनले आगामी माघ ७ गतेको प्रदेशसभापछि अन्यौलता हट्ने बताए । भने,“सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था छैन ।

कोही, कतै र कसैबाट पनि प्रभावित नहुनुहोला ।” उनले उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । आर्थिक मन्त्रालयको नेतृत्व अब ठिक ढंगबाट हुने बताए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved