सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।
इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो
विराटनगर । सनराइज बैंक विराटनगर शाखामै विषपान गरी आत्महत्या गरेकी कर्मचारीले बुबाआमालाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले बैंकमा बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत उल्लेख गरेकी छन् । बुधबार दिउँसो सनराईजमा कार्यरत विराटनगर–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएकी थिइन । त्यहाँ मुसा मार्न प्रयोग हुने विषादीको बट्टासमेत भेटिएको थियो । उनी बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत थिइन । विषादी सेवनका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्कि अनुमान छ । उन
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ पौठाबाट प्रहरीले चोरी निकासी गर्न लागिएको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी को. १ ख ४८८७ नम्बरको मिनी ट्रकमा ६२५० के.जी. मटर बरादम भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।यसको मूल्य करिब ५ लाख रुपैयाँ भएको र गोप्य सूचनाको आधारमा सिमा प्रहरी चौकी मायागंजबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरी टोली पुग्न साथ उक्त हरीयो मटरसहितको मिनी ट्रक छाडी चालक फरार भएको र चालकको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद भएको हरियो मटरसहितको ट्रक ईप्रका
चतरा । शहरको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ । गाउँका स्थानियको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ । सुनसरी जिल्लालाइ निषेधाज्ञा जारी गरे पनि गाउँ मा प्रहरी देख्दा भागाभाग हुने प्रहरी गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ। बराक्षेत्र स्थित हाटखोलामा वर्षौ देखि सप्ताह रुपमा हाट लाग्दै आएको छ। अघिल्लो लकडाउनमा हाट पूर्ण रुपमा बन्द भएको थियो। लकडाउन खुकुलो भएसँगै यो हाट बयरबन बजार तिर सरेको छ। पछिल्लो समय पुनः जिल्ला प्रशासन कार्
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । स्थानीयवासीको मागलाई मध्यनजर गर्दै साम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । उक्त अस्थायी प्रहरी पोष्टको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अस्थायी प्रहरी पोष्टको उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले साम्मेवावासीको करिब ८ वर्ष अगाडीदेखिको मागलाई सम्बोधन गर्दै सो क्षेत्रमा प्रहरी पोष्टको स्थापना गरिएको बताए । साम्मेवा धनकुटा र मोरङ जिल्लाको सिमावर्ती क्षेत्र भएका कारण क्षेत्रमा सुरक्षा चुनौ
धरान । सार्वजनिक सम्पत्ती हानी नोक्सानी मुद्दामा सर्दु र खर्दुको मुहानमा पाइपलाइन तोडफोड गर्ने हर्क साम्पाङ्लाइ सुनसरी जिल्ला अदालतले ५ दिन को म्याद थप गरेको छ भने खानेपानी संस्थानका प्रमुख राम कुमार श्रेष्ठ लाई पक्राउ पुर्जी आदेश गरेको छ । फुस्रे सिस्टममा सर्दु र खर्दुको खानेपानीको मुहान क्षेत्र तोडफोड गरेको आरोपमा पक्राउ साम्पाङलाइ प्रहरी ले मङलबार पक्राउ गरेको थियो । सार्वजनिक सम्पनि हानी नोक्सानीको मुद्धामा ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका हर्क स
इटहरी । छिमेकि नगरहरूले पालै पालो लक डाउन घोषणा गरे संगै कोरोना संक्रमित न्युनिकरण तथा उच्च सतर्कता अपनाउदै सुन्दरहरैचा नगरपालीकाले पनि बिहिबार राती १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार कार्यालय अन्तरगत मेयर शिव प्रशाद ढकालकाे कार्यकक्षमा गरिएकाे पत्रकार सम्मेलन मार्फत लकडाउन बारे जानकारी गराइएकाे हाे । मंगलबार बसेको कार्यपालीकाको बैठकले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन लकडाउनको घोषणा गरेको पत्रकार सम्मेलनमा जनाइएकाे छ । साउन ३२ गते सम्म जारी हुने लकडाउनको नियमसंगत पालना गराउन नगरपालीकाले नगरवासीहरूमा अनुरोध गरेको छ । लक डाउन अवधिभर औषधी पसल बाहेकका ब्यापार व्यवसाय
धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ । समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ । बु
विराटनगर । सनराईज बैंक विराटनगर शाखाकी एक कर्मचारीले बैंकको कार्यकक्षमै विष सेवन गरेकी छन् । विराटनगर–७ मा अवस्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेपछि उपचारको लागि नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी बैंकको कर्जा विभागमा कार्यरत हुन । उनले ‘लुवान’ नामक विषाधी सेवन गरेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए । घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि