सुनवर्षीका वडाध्यक्षविरुद्ध दोहोरो नागरिकताको मुद्दा "जिल्ला प्रशासन र अख्तियारमा उजुरी दर्ता"

  • फागुन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकता लिएको भन्दै उनीरिुद्ध उजुरी परेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मोरङ जिल्ला प्रशासन कार्यालयमा मियाँविरुद्ध वडा सदस्यहरूले नै उजुरी दिएका हुन् । उनीसँग नेपाल र भारत दुवै देशका नागरिकता भएको र उनले दुवैतर्फ कारोबार गर्ने गरेको बताइएको छ ।

उनले भारतीय ७०५४९२०३५५७० भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएको र भारतीय बैङ्कहरूमा खाता खोली एटीएम प्रयोग गर्ने गरेको उजुरी पत्रमा उल्लेख छ । मियाँले आफ्नै नामबाट भारतीय सिमसमेत प्रयोग गर्ने गरेका छन् । उनीविरुद्ध जनता आवासजस्ता कार्यक्रमअन्तर्गत निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोप पनि लागेको छ । वडा नं. ८ का वडा सदस्यहरू कन्हा मियाँ, कन्हैयालाल गन्गाई, दुखिया ऋषिदेव र शिलादेवी गन्गाईले उनीविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

सुनवर्षीका युवा इस्तियाज आलम र वडा सदस्यहरूले गत माघ २६ गते मोरङ जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा मियाँसँग दोहोरो नागरिकता रहेको उल्लेख गर्दै यस विषयमा छानविन गरी उनीमाथि कारवाही गर्न माग गरिएको छ । झूटो विवरण पेश गरेकाले नेपाली नागरिकता ऐन, २०६३ को दफा १० अनुसार नेपाली नागरिकता बदर गर्न र सोही ऐनको दफा २१ बमोजिम कारवाही गर्न माग गरिएको छ ।

प्रधानमन्त्री जनता आवास कार्यक्रमअन्तर्गत सुनवर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्नेमा हालसम्म १४ वटा मात्र घर बनाइएको र ती पनि नक्सा–स्टिमेटअनुसार नबनेको व्यहोराको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा परेको छ । घर निर्माणको कार्य उपभोक्ता समितिमार्फत् शुरु गरिएको थियो ।

स्टिमेट गरिएको घरको जग २२ फुटको भए पनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजनाअनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरिएको, रड स्टीमेटभन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारवाही गर्न माग गरिएको वडा सदस्य कन्हैयाले बताए ।

Nibedan

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved