चोरीका घटना गाउँभित्रै गुपचुप: प्रहरीसम्म पुग्दैनन् स्थानीय

  • फागुन २१, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/  एक साताअघि इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा दिउँसै ताला फुटाएर लाखौँ मूल्यको गरगहना तथा रकम चोरी भयो । अभियुक्तलाई चोरीका सामग्रीसहित प्रहरीले नियन्त्रणमा लियो ।

चोर नै समातिएपछि भण्डारीले आफ्ना गहना र रकम प्रहरीसँग माग गरिन् तर प्रहरीले कानुनी प्रक्रियामा गएको कारण तत्काल फिर्ता गर्न नसक्ने बतायो । त्यसपछि उनी आफ्नै सामान लिन झमेला व्यहोर्नुपरेको भन्दै प्रहरी कार्यालयबाट बाहिरिइन् ।
त्यस्तै, एक महिनाअघि इटहरी–३ को तालतलैया मार्गबाट एक विद्यार्थीको ल्यापटप र मोबाइल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिलाई इटहरी प्रहरीले ४८ घण्टाभित्रै सामानसहित नियन्त्रणमा लियो र सामान भेटिएको जानकारी सम्बन्धित व्यक्तिलाई दिइयो ।
माया मारिसकेको सामान भेटिएको खबर सुन्दा उनी खुसी हुँदै लिन गए तर कानुनी प्रक्रिया पूरा नभई सामान तत्काल फिर्ता नहुने बताइएपछि उनी पनि निराश हुँदै घर फर्किए ।

एक महिनाअघि छिमेकीको घरमा चोरी हुँदा चोरिएका सामग्री भेटिए पनि प्रहरीले फिर्ता गर्न झण्डै दुई महिना लगाएको घटना स्मरण गर्दै इटहरीको शान्तिनगरकी कविता न्यौपानेले आफ्नो घरमा भएको चोरीको घटना बाहिर नल्याएको सुनाइन् ।

चोरीमा संलग्नलाई गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरेर त्यतिकै छाडिदिएको उनले बताइन् ।
यी घटनाहरू उदाहरणमात्रै हुन् । आजभोलि इटहरीमा चोरीका घटना बढेका छन् तर अधिकांश घटना प्रहरी कार्यालयसम्म नपुगी गाउँमै गुपचुप हुने गरेका छन् । प्रहरीसम्म घटना पुगेपछि कानुनी प्रक्रियामा जाँदा झन्झट व्यहोर्नुपर्ने देखिएकाले अधिकांशले चोरीका घटना गाउँमै मिलाउने गरेको देखिएको छ ।

अभियुक्तसँगै प्रहरीले नियन्त्रणमा लिए पनि चोरीका सामान तत्काल सम्बन्धित व्यक्तिले नपाई कानुनी प्रक्रियामा जाने कारणले पीडितले आफ्नै सामान पाउन पनि लामो समय पर्खनुपर्ने बाध्यता छ । कानुनी झन्झटकै कारण स्थानीयले चोरीका घटनाबारे प्रहरीलाई नसुनाउने र सुनाए पनि उजुरी नगर्ने इटहरीका डीएसपी अर्जुन केसी बताउँछन् ।

उनका अनुसार चोरी भएका सामान नियन्त्रणमा लिँदा कानुनी प्रक्रियाअनुसार मुचुल्का उठाएर चोरी सावित गर्नुपर्छ । त्यसपछि अभियुक्तलाई दोषी करार गरी अदालतसम्म पु-याएर कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । यसरी प्रक्रियामा जाँदा चोरीका सामान फिर्ता हुन ३५ देखि ४५ दिनसम्म लाग्ने डीएसपी केसीले बताए । कानुनी प्रक्रियाबारे जानकार नहँुदा पीडितहरूले उजुरी गर्न नमान्ने गरेको उनको भनाइ छ ।

उनले चोरीका घटनाबारे प्रहरीलाई खबर गरी उजुरी गर्न अनुरोध गरे । कानुनी प्रक्रियामा केही झन्झट भए पनि सबैका सामान प्रहरी कार्यालयमा सुरक्षित रहने केसी बताउँछन् । सर्वसाधारण भने कानुनी प्रक्रिया नजान्दा समस्यामा परेको बताउँछन् । प्रहरीलाई जानकारी गराउँदा सामान फिर्ता नहुने पो हो कि भन्ने डर रहेको उनीहरू बताउँछन् ।

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved