विश्व संगीत दिवसमा धरानको भानुचौक संगीतमय हुने बरिष्ठ गायक मिलनलाई सम्मान गरिने

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ।

धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।

संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्तरदायी बनाउन स्थापना कालदेखि नै संलग्न धरान संगीत प्रतिष्ठानले यसवर्ष पनि उत्सवको रूपमा कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रममा खाती स्वयं उपस्थित भई आफ्नो चर्चित गीत “भनिदेउ आज के छ मनमा” लगायतका प्रस्तुतिहरू दिनेछन्। त्यसैगरी, गायक तथा संगीतकार दीप श्रेष्ठको समेत विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको संयोजन धरान २ स्थित प्रतिष्ठानले गर्नेछ। धरानका मेयर हर्क साम्पाङ राई प्रतिष्ठानका संरक्षक हुन् भने वडा नम्बर २ का अध्यक्ष रमेश राई प्रतिष्ठानका वर्तमान अध्यक्ष हुन्। कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।

 sagti

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved