धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ ।
युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो ।
उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी । गाउँ घरको डाँडाकाँडा मेला पातको शव्दहरुमा बनेको गीतमा थिएटरका वरिष्ठ कलाकार राजेश पुमा राईले निर्देशन गरेका छन् । गीतमा पशुति राई,एलिना राई , गणेशमान घले , गल्फने बाजे बविन राईले अभिनय गरेका छन् ।
यसअघि वरिष्ठ गायक उदय सोताङसँग ‘अलि अलि ’ र तिमीले भुलेउ त के भो र ? बोलको गीत पनि राईले दर्शक र श्रोताको लागि ल्याएकी थिइन् । प्रायःजसो एकल स्वर दिएर दर्शक र श्रोताको नजरमा चर्चा कमाएकी गायिका राईको थुन्चेको भारी विसाउँदै लाखौं श्रोता र दर्शकले मन पराएका छन् ।
बरिष्ठ गायक तथा संगीतकार शम्भु राई,गीतकारहरु बेदनिधी पौडेल,ज्योती जंगली,भुपाल राई,कृष्णहरी बराल,संगीतकार भुपाल राई लगायत वरिष्ठ संगीतकर्मीहरुसँग मिलेर उनले स्वर दिएकी छिन् ।
अहिलेको युवा पुस्तामा चर्चित संगीतकार अनिल कोयु र हाँस्यकलाकार विल्सन विक्रमसँग समेत अभिनय र स्वर दिएर श्रोता र दर्शकलाई समयानुसारको संगीतको स्वाद निरन्तर पस्किरहेकी छिन् ।
उनकै अफिसियल शिला राईको अफिसियल मार्फत गीतहरु भेटिन्छन् । पछिल्लो समय प्रबिधीको दुनियाँको टिकटकमा गीत गाएर लाखौं लाखौं दर्शक र श्रोताको मन जित्न सफल गायिका राई टिक टिक क्वीन गायिका भनेर स्थापित भई सक्रिय छिन् ।