कानेपोखरीमा विद्युतीय खरिद प्रणाली लागू

  • फागुन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/  कानेपोखरी गाउँपालिकामा शुक्रबार आठौं गाउँसभा शुरु भएको छ । गाउँसभामा छलफलका लागि ६ वटा विधेयक प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाए ।

नेपालमा सङ्घीयताको अभ्यास नयाँ भएको हुँदा स्थानीय सरकारलाई प्रभावकारी वनाउन कानुनको अभाव रहेकोले कानुन निर्माणमा विशेष ध्यान दिएको अध्यक्ष काफ्लेको भनाइ छ ।

गाउँसभामा उपाध्यक्ष राजमती इङ्नामले चालू आवमा भएका विकास निर्माण तथा अनुगमनसम्बन्धी क्रियाकलापको समीक्षा प्रस्तुत गरिन् । यसैगरी २ नं. वडाध्यक्ष सुशिल बुढाथोकीले चालू आवको हालसम्मको आम्दानी र खर्चको विवरणबारे सभालाई जानकारी दिए ।

गाउँपालिकामा सेवा प्रवाहको गुणस्तरमा वृद्धि गर्न सभामा पुरक वजेट पेश गरिएको छ । २ नम्बर वडाध्यक्ष बुढाथोकीले हालसम्म चालू खर्चतर्पm ४३ प्रतिशत र पूँजीगत खर्चतर्फ २९ प्रतिशत खर्च भएको जानकारी गराए । चालू आवमा गाउँपालिकाले शुरुदेखि नै टेन्डर आह्वान गरेको हुँदा पूँजीगत खर्चको प्रगति ९५ प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको उनले जनाए । गाउँपालिका अध्यक्ष काफ्लेले गत वर्ष कोरोनाको कारण अपेक्षित कार्य हुन नसके पनि ७० प्रतिशतभन्दा वढी पूँजीगत खर्च भएकोमा यस वर्ष शतप्रतिशत हुने आशा व्यक्त गरे ।

जनप्रतिनिधि र कर्मचारीबीच राम्रो समन्वयका कारण विकास निर्माणको काम द्रुत गतिमा भइरहेको उनको भनाइ छ ।

यसैगरी चालू आवमा छनोट गरिएका ५५ वटा योजना तथा कार्यक्रमलाई संशोधनका लागि सभामा पेश गरिएको छ । गाउँपालिकाले रोजगारी सिर्जना हुने, लागत सहभागिता हुने र विशेष ज्ञान, सीप नचाहिने प्रकृतिका कामहरू उपभोक्ता समितिमार्पmत् र अन्य कामहरू टेन्डरमार्फत् गरेको बताएको छ । खरिद कार्यमा प्रतिस्पर्धात्मक वातावरणलाई संरक्षण तथा सम्वर्धन गर्न गाउँपालिकाले गत आवदेखि नै पूर्णरूपमा विद्युतीय खरिद प्रणाली लागू गरेको गाउँपालिकाले जनाएको छ ।

चालू आवमा यसै प्रणालीबाट करीब ९ करोड रूपैयाँका १८ वटा खरिद कार्य शुरु गरिसकेको लेखा अधिकृत अजित भट्टराईले जनाए । यसले गर्दा ३ करोडभन्दा बढी रकम बचत भएको र यसलाई अत्यावश्यक क्षेत्रमा पुनः प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठले बताए । उनले गाउँसभाको अर्को बैठक सोमबार बस्ने बताए ।

157299652_245197470483420_1 157626887_4006515239416751_

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved