असफल पानबारीको डिपबोरिङ

  • फागुन २२, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान । सिंचाई प्रयोजनका लागि खनिएका डिपबोरिङ धरानमा असफल बन्दै गएको छ । धरान ६ पानबारीमा ६ वटा डिप बोरिङ खनिए पनि स्थानीयहरु कृषिका लागि खोलाकै पानीको भर पर्नु पर्ने अवश्था रहेको छ । सबै डिपबोरिङहरु संचालनमा रहे पनि सिचाईका लागि प्रयोगमा नआएको पाइएको छ ।

०७४ सालमा निर्माण शुरु भई दुई वर्षमा ६ वटै डिपबोरिङ संचालनमा ल्याइएको थियो । सिचाईलाई लक्षित बोरिङ खनिए पनि अहिले प्रयोग विहीन अवस्थामा पुगेका छन् । कृषकलाई सहज रुपमा सिंचाई गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका डिपबोरिङ आंशिक रुपमा मात्र सञ्चालनमा आउँदा कृषिकहरु सिंचाइका लागि खोलाको पानीको भर पर्नु परेको कृषकहरु गुनासो गर्छन् ।
धरान उपमहानगरपालिकाको ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र मानिएको छ ।

सिंचाई डिभिजन कार्यालय विराटनगर अन्तर्गत भूमिगत सिंचाई डिभिजनले रेश्मा डिप बोरिङलाइ २७ लाख रुपैयामा निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सबै काम सम्पन्न गरेको थियोे ।

सबै डिपबोरिङहरु संचालनमा आए पनि पानी भने पर्याप्त नआएको स्थानीय कृषक बताउँछन् । पानबारीबासीले खानेपानी र कृषि क्षेत्र सिँचाईका लागि शेरा खोलाबाट पानी ल्याएका थिए । पानीको अभाव हुँदै गए पछि डिपबोरिङबाट सिंचाइ गर्ने लक्ष्य अनुसार बोरिङ गरिएको धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत बताउँछन् । उनी भन्छन्, ‘पानबारीका विभिन्न ठाउँमा ६ स्थानमा बोरिङ गरिएको छ, तर दुई वटाबाट खानपानी आपुर्ति हुन्छ, एउटा विग्रेको र अन्यबाट भूमिगत पानी पर्याप्त आउदैन ।’

पछिल्लो समय डिपबोरिङ सिंचाइका लागि असफल आयोजनाको रुपमा रहेकोे वडा अध्यक्ष बस्नेतको भनाई छ । उनले भने, ‘सिचाईका लागि प्रयोगमा ल्याएको डिपबोरिङ सबैतिर असफल छ, यो नेपालको लागि असफल आयोजना हो ।’ अहिले खेतियोग्य जग्गामा सिंचाईका लागि डिपबोरिङ भरपर्दो नभएपछि पैनी, खोलाको पानीलाई प्रयोग गर्न थालिएको उनको भनाई छ ।
पानबारीमा २ सय घर परिवार कृषि पेशामै आश्रित छन् । त्यहा उत्पादन भएका कृषिजन्य वस्तुहरुले धरान लगायत अन्य शहरहरुमा आपुर्ति हुने गरेका छन् । धरान उपमहानगरपालिकाले यी क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा लिएको छ ।

तर सिंचाईको उचित प्रबन्ध नहुँदा यहाँका कृषकहरुले चाहे जस्तो कृषि जन्य वस्तुहरु उत्पादन गर्न सकेका छैनन् । पानबारीमा मुख्य गरेर मौसम अनुसार मकै, धान, आलु, विभिन्न हरिया सागसब्जी उत्पादन हुने गरेको छ । कृषि पकेट क्षेत्रमै सिंचाइ नहुनु विडम्बना हो । यसतर्फ नगरपालिकाको ध्यान केन्द्रित गर्न जरुरी छ ।

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved