अदुवा किसानको पीडा: लगानीभन्दा कम मूल्यमा बिक्री

  • फागुन २३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/  गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिका–३ का किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन (४० किलो) मात्र खेती गरेका थिए ।

तर त्यस वर्ष अदुवा प्रतिमन छ हजार रूपैयाँमा बिक्री भएपछि यस वर्ष उनले १५ मन अदुवा रोपे । गत वर्षजस्तै सोचेर खेती विस्तार गरेका खनाल यस वर्ष निराश बनेका छन । यस वर्ष अदुवाको भाउ ह्वात्तै घट्दा लागत मूल्यसमेत नउठेको उनी बताउँछन् ।

सोही स्थानकी चन्द्रकला गिरीलाई पनि गत वर्षको अदुवाको मूल्यले आकर्षित ग¥यो । उनले धानखेती हुने ठाउँमा अदुवा रोपिन् । मेहनतअनुसार अदुवा पनि राम्रै भयो तर मूल्य भने पाउन सकिनन् । उत्पादनबाट खुसी बनेकी गिरी मूल्यबाट भने सन्तुष्ट छैनन् ।

अदुवाको भाउ स्थिर नहुँदा किसानले सोचेझैं आम्दानी लिन सकेका छैनन् । अन्य खेती विस्थापित गरेर अदुवा खेती गरे पनि श्रमको मूल्य नपाउँदा निराश हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउँछन् । ‘एक वर्ष भाउ आउँछ’, उनी भन्छन्, ‘त्यसको लोभले खेती विस्तार ग¥यो तर अर्को वर्ष मेहनत पनि उठ्ने गरी मूल्य पाइँदैन, त्यसैले खेती गर्न जाँगर पनि छैन ।’

अदुवाको भाउ घटेसँगै इलामका किसान निराश देखिएका छन् । गत वर्ष प्रतिमन ६ हजार रूपैयाँसम्ममा बिक्री भएको अदुवाको मूल्य यस वर्ष प्रतिमन एक हजार पनि नहुँदा किसान निराश भएका हुन् । गत वर्ष राम्रो भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन, बीउ अदुवाको सिजनमा पनि भाउ राम्रै थियो ।

पछिल्लो समय भारतीय बजारमा अदुवाको मूल्य कम भएसँगै यस वर्ष भाउ कम आएको व्यापारीको भनाइ छ । मूल्य कम भएसँगै व्यावसायिक किसानको साँवासमेत नउठेपछि धेरैजसो किसान अदुवा खेती गर्ने सोचमा छैनन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुने गरेको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन् ।

पौडेलका यस वर्ष अत्यधिक मूल्य घटेका कारण किसान धेरै मारमा परेका छन् । गत वर्ष राम्रो मूल्य पाएपछि किसानले सिजनमा प्रतिमन छ हजारले बीउ किनेर खेती गरेको उनले जनाए । ‘तर यस वर्ष प्रतिमन एक हजार पनि नपाउँदा किसान अत्यधिक मारमा परेका छन् ।’

पौडेलले थपे । मूल्य आउने आशमा महङ्गोमा बीउ किनेर खेती गरेका किसानले अहिले मूल्य चार गुणा घट्दा घाटा व्यहोरेका छन् । मसलाको रूपमा प्रयोग गरिने अदुवा फागुन–चैत महिनामा रोपिन्छ । बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ । समुद्री सतहबाट नौ सयदेखि १५ सय मिटरसम्ममा यसको खेती हुने गर्दछ ।

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved