‘मिनी ब्राजिल’ को साख गिर्दै : खेल मैदानहरू मासिए, जोगिएका मैदानको अवस्था कमजोर

  • फाल्गुन २३, २०७७
  • कोशीपदिनेश गजमेर
alt

धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो ।

फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् ।

भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्रै अझैँ पनि आधा दर्जन मैदान छन् तर ती मैदानको संरक्षण र मर्मत नहुँदा खेलाडीलाई प्रशिक्षण गराउने अवस्था पनि नभएको जानकारहरू बताउँछन् । खेलमैदानको स्तरोन्नति गर्न राज्य एवम् सरोकारवाला निकायले ध्यान नदिँदा खेलकुदको शहर ओझेलमा पर्दै गएको गोधुँली क्लबका उपाध्यक्ष सतिश केसी बताउँछन् । ‘हामीले धरानलाई खेलकुदको शहर मात्रै भनिरह्यौँ, पूर्वाधार विकासमा ध्यान नै दिएनौँ’, उनी भन्छन्, ‘अहिले राम्रो म्याच गराउन खेलमैदान छैन, एन्फामा बालबालिकाहरूका लागि प्रशिक्षण चलिरहेको छ ।

रङ्गशालामा सामान्य म्याचहरू गर्न मिल्दैन ।’ खेलाडीले राम्रो मैदानमा सिक्नै नपाउँदा व्यावसायिकतामा पनि यसले असर गरेको उनको भनाइ छ । केसीका अनुसार धरानका वडा नम्बर ११, १७, ६ र ४ मा रहेका खेलमैदानहरू नाजुक अवस्थामा छन् । मर्मत–सम्भारका लागि कसैले पनि चासो दिएको पाइँदैन । फूटबल खेलसँग नजिक रहेका संस्थाहरूको चासो देखिए पनि आर्थिक समस्या रहेको उनी बताउँछन् । केही वर्ष अघिसम्म धरानमा डिपोट स्कूल, शिवमार्ग, पब्लिक स्कूल, भोटेपुल, इन्जिनियरिङ क्याम्पसको मैदानलगायत प्रत्येक विद्यालयमा खेलमैदानहरू थिए । अहिले ती सबै मासिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेका १–२ खेलमैदानमा स्थानीयले खेल्न पाउँदैनन् । खेलमैदानलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकामा पहल भइरहेको केसीको भनाइ छ । ‘पुराना मैदानहरूले धेरै खेलाडीहरू उत्पादन गरेको थियो’, उनले भने, ‘त्यति बेलाका जस्तो राष्ट्रिय स्तरका खेलाडी उत्पादन नै गर्न सकिएको छैन ।’

तत्कालीन कोशी अञ्चलबाट टिम बनाउँदा धरानकै ११ जनासम्म खेलाडीहरू भएको उनी सुनाउँछन् । ‘अहिले औँलामा गन्न सकिन्छ ।’ केसीले थपे । खेलमैदानको स्तरोन्नतिमा ध्यान दिइएन भने खस्किँदै गएको धरानको फूटबल झनै खस्किने उनी बताउँछन् । एक समय धरानबाट ‘ए’ डिभिजनमा खेल्ने खेलाडीहरू ६० जनासम्म थिए । अहिले दुईजना राष्ट्रिय खेलाडी छन् । पूर्वाधारयुक्त खेलमैदानमा अभ्यास गर्न नपाउँदा स्तरीय खेलाडीहरू जन्माउन नसकिएको हो । स्थानीय तह खेलकुदमैत्री हुन नसक्दा नै अहिले ‘मिनी ब्राजिल’ को उपमामा आँच आउँदै गएको एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई बताउँछन् ।

धरानको फूटबलमा ह्रास आउँदै गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘स्थानीय सरकारको प्राथमिकतामा कुनै खेलकुद परेको छैन, यो विडम्बना हो ।’ ‘मिनी ब्राजिल’ भनिए पनि त्यसलाई औपचारिकरूपमा अघि बढाउन कसैको पनि सहयोग नरहेको उनी बताउँछन् । ‘प्राथमिकतामा राखेको छैन । स्कूलको मैदान, नगरपालिकाको क्षेत्रमा रहेको खुल्ला चौरीलाई ट्रेनिङ सेन्टरको रूपमा विकास गर्न सकिरहेको छैन’, उनले भने, ‘एन्फा पनि सहयोग गर्न तयार छ तर हुन सकेको छैन ।’

यसका लागि स्थानीय सरकारसँग निरन्तर पहल भइरहेको उनले सुनाए । नगरपालिकाले बजेट विनियोजन र अनुदान दिने मात्रै होइन, महत्वाकाङ्क्षी परियोजनाको रूपमा लिएर पूmटबलको विकासलाई अघि बढाउनुपर्ने राईको धारणा छ । अन्य क्षेत्रको तुलनामा फूटबल प्रतियोगिता धरानमा निरन्तर भइरहेका छन् ।

२२ वर्षयता बुढासुब्बा गोल्डकप, २१ वर्षयता गोधुँली पूmटबल चलिरहेका छन् । यसले धरानको पूmटबल इतिहासलाई जोगाएको छ तर दुई प्रतियोगिता निरन्तर हुँदैमा धरानको ‘मिनी ब्राजिल’ को साख जोगिन सक्दैन । यसतर्पm स्थानीय सरकारको ध्यान जानु आवश्यक रहेको देखिन्छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved