बराहक्षेत्र / महिला बालिकाको क्षेत्रमा समाचार सम्प्रेषण गर्दा प्रहरी अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्ने गरी सम्प्रेषण गरिदिन वराहक्षेत्रका सन्चारकर्मीलाई आग्रह गरिएको छ । इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका इन्स्पेक्टर पान्डव राजवंशीले प्रहरी अनुसन्धानका क्रममा केही गोपनियता राख्नु पर्ने भएकाले संचारकर्मीलाई सम्वेदनशीलता मनन गरिदिन आग्रह गरे । महिला र बालिकाको अधिकार र पुनस्थापनाको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ओरेक नेपालले बिहीबार इलाका प्रहरी कार्यालय चक्रघट्टीमा`महिला बालिकाका मुद्दा र सन्चार क्षेत्रको सम्वेदनशीलता' विषयक अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा
झापा । गोरु काटेको बिषयमा भएको झडपमा सशस्त्र प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका ३ कामाटोलीमा भएको झडपमा स्थानिय रमिकुल आलमको मृत्यु भएको हो । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोलि चलाएको बताएको छ । गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोलीले थप मद्दत मागेपछि सशस्त्र प्रहरीको टोलि पुगेको थियो । झडपमा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको थियो । स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बत
धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र
ईटहरी/ समुदाय स्तरमा कोरोना संक्रमण फैलदै गएपछि ईटहरी उपमहानगरपालिकाले धेरै संक्रतिम भेटिएका वडा ६ र ९ शिल गर्ने निर्णय गरेको छ । ईटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । वडा नम्वर ६ र ९मा कोरोना संक्रमितहरुको संख्या वढिरहेकाले शिल गर्ने निर्णय गरिएको बैठकमा सहभागी वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले वताए । शिल गरिएका वडामा अत्यावश्यक सेवा र पसल वाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८जना संक्रमित छन ।
इटहरी । प्रदेश १ को मुख्य शहर इटहरी अहिले कोरोना भाइरस ९ कोबिड – १९ संक्रमणको उच्च जोखिममा परेको छ । इटहरीको अधिकांस वडाहरूमा कोरोनाको संक्रमण पुगिसकेको पाइएको छ । २० वटा वार्डहरू रहेको इटहरी उपमहानगरमा अधिकान्स वडाहरुमा संक्रमण ले पकड जमाएसंगै उच्च सतर्कता अपनाउदै शहरलाइ लकडाउन गरीएको छ । अधिकांस वडाहरूमा संक्रमण फैलिएसंगै समुदाय स्तरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गएको पाइएको छ । आइतबार दिउसो ४ बजे सम्म इटहरीमा कोरोना संक्रमितहरूको संख्या ७८ पुगिसकेको छ । संक्रमण फैलिदै गइरहेको बेला इटहरीको चार वटा
धनकुटा, ७ भदौ ÷बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकौ नै हाडानाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरी सकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार
धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ मा जनताद्वारा निर्मित वडा कार्यालय भवनमा आइतबार सुभ साइत गरि कार्यालय प्रवेश गरेको छ । गत वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा आजबाट पुजा आरधना सहित गृह प्रवेश गरेको छ । पछिल्लो पल्ट कोभिड १९ कोरोना संक्रमणका कारण औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ । पटक पटक वडा कार्यालय निर्माण सम्बन्धी खिचातानी भएपछी स्वयं जनताको प्रत्यक्ष संलग्नतामा नडाहामा भवन निर्माण सम्पन्न भएको थियो स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट
खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख ८ हजार रुपैया जम्मा गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ति तथा संघसंस्थाबाट नगरपालिकाको कोरोना कोषमा सो रकम जम्मा भएको हो । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महीनाको सेवा सुविधावापत ९ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी (स्वास्थ्यकर्मी बाह
सुनसरी । कोरोना भाइरसका कारण अस्पतालमा भेन्टिलेटरको अभाव भए पछि समयमै उपचार हुन नसक्दा सुनसरीको कोशी गाउँपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । शनिबार दिउँसो एक्कासी हर्टअट्याक भए पछि अस्पताल पुर्याइएको थियो । तर समयमै भेन्टिलेटरमा राखेर उपचार गराउन नसक्दा उनको मृत्यु भएको हो । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएको थियो । उपचारकै क्रममा मृत्यु भएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।