होली मनाउन कुनै बन्देज लगाईंदैन : मन्त्री कार्की

  • चैत ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले होली पर्व मनाउन बन्देज र रोक नलगाईने बताएका छन् ।

विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको धनियाँ के होली नामक गीति संग्रहको बुधबार विमोचन गर्दै लगाउन वा बन्देज नलगाईने बताए । भने,“होलीको आफ्नै सांस्कृतिक महत्व छ । यसलाई मनाउन रोक लगाईने छैन ।“

कार्कीले प्रमुख जिल्ला अधिकारीले जागिर खानको लागि मात्र होली मनाउन रोक्ने निर्णय गर्न नहुने स्पष्ट गरे । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए ।

कोरोनाको दोस्रो लहर आउने संभावनाबीच सभा सम्मेलन, जमघट र भिडभाड युक्त कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगर र मोरङमा पनि संक्रमित बढ्न थालेको बताउंदै सचेत हुनु पर्ने बताएका छन । धनियाँ के होली एल्बममा होली सम्बन्धी सातवटा गीत समेटिएका छन् ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved