होली मनाउन कुनै बन्देज लगाईंदैन : मन्त्री कार्की

  • चैत ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले होली पर्व मनाउन बन्देज र रोक नलगाईने बताएका छन् ।

विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको धनियाँ के होली नामक गीति संग्रहको बुधबार विमोचन गर्दै लगाउन वा बन्देज नलगाईने बताए । भने,“होलीको आफ्नै सांस्कृतिक महत्व छ । यसलाई मनाउन रोक लगाईने छैन ।“

कार्कीले प्रमुख जिल्ला अधिकारीले जागिर खानको लागि मात्र होली मनाउन रोक्ने निर्णय गर्न नहुने स्पष्ट गरे । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए ।

कोरोनाको दोस्रो लहर आउने संभावनाबीच सभा सम्मेलन, जमघट र भिडभाड युक्त कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगर र मोरङमा पनि संक्रमित बढ्न थालेको बताउंदै सचेत हुनु पर्ने बताएका छन । धनियाँ के होली एल्बममा होली सम्बन्धी सातवटा गीत समेटिएका छन् ।

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

वराहक्षेत्रमा पशु पा ...

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ...

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved