पत्रकारको परिचय पत्र बोकेर ठगी गर्ने सहित ५ जना पक्राउ

  • चैत १२, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/  पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै आएका एक जना सहित इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न आरोपमा संलग्न रहेका ५ जना पक्राउ गरेको छ ।
सुनसरी पोष्ट नामको अनलाईन पत्रिकाबाट निकालिएको परिचय पत्र र भिजिटिङ कार्ड सहित जग्गा दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सहित पछिल्लो एक साता यता प्रहरीले बिभिन्न अपराधमा संलग्न ५ जनालाइ पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।

त्यस्तै स्कुटर चोरीको अभियोगमा २ जनालाइ पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक परिषरमा पार्कीङ गरि राखिएको को ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो । स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ बुढिगाउँपालिका २ का २४ वर्षिय खगेन्द्र काफ्ले र वर्ष २७ का अर्विन मगरलाइ पक्राउ गरि थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा इटहरी ४ का ४० वर्षिय प्रेम निरौलालाइ पनि पक्राउ गरी सार्वजनिक गरेको छ । निरौलाले पहाडी जिल्लाबाट अध्यनको शिलशिलामा आएकी बालिकालाइ आफ्नै घरको कोठा भाडामा दिएर बिवाहको प्रलोभन देखाइ जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । निरौलाले चाडै बेहुली बनाउने भन्दै अश्लिल भिडियोहरू खिचेर ब्ल्याकमेलिङ गर्दै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका निरौला बिरूद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यकिय अनुसन्धान अघि बढाएको छ ।

पत्रकारको परिचय पत्र बोकेर नक्कली सुनको लकेड देखाएर जग्गा कारोवारी भन्दै सर्वसाधारणबाट लाखौ ठगी गर्ने गिरोह सहित स्कुटर चोरीमा संलग्न र बालिकालाइ जबरजस्ती करणी गरेको अभियोगका आरोपितलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।

इटहरी प्रहरीका प्रमुख डिएसपी अर्जुन केशीका अनुसार जग्गा कारोबारी बनाउने इटहरी ८ गैसारका यज्ञ बिक्रम ठकुरीबाट ४ लाख ठगी गरेको अभियोगमा सुनसरी इनरूवा नगरपालिका १० वस्ने ४१ वर्षिय जल्लाउदिन मियाँ र इटहरी उपमहानगर ९ का २० वर्षिय फैजान आलमलाइ पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । उनीहरूले ठकुरीलाइ राम्रो जग्गा मिलाइदिने भन्दै १० वटा सुन जस्तो देखिने लकेट दिएर पैसा फिर्ता गरिदिने सर्तमा ४ लाख रुपैया लगेका थिए । प्राप्त गरेको लकेट नक्कली भएको पुष्टि भएपछि उनिहरूबाट आफु ठगिएको भन्दै ठकुरीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा प्रहरीले गत ९ गते आलमलाइ इटहरीबाट र मियाँलाइ इनरूवाबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मध्ये जलाउद्धिन मियाँ जग्गा दलालीमा संलग्न रहेको बुझिएको छ भने उनको साथबाट प्रहरीले सुनसरी पोस्ट नाम गरेको अनलाइन पत्रिकाबाट निकालिएको पत्रकार परिचय पत्र र भिजिटिङकार्ड बरामद गरेको छ ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved