कार्की हत्या प्रकरण : चार वर्ष अघिको रिसिइबीले लियो ज्यान

  • चैत १९, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/ इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्की र छिमेकी ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बिच ४ वर्ष यता बोलचालनै बन्द थियो । एउटै बाटो हिड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । बोलचाल बन्द हुनु अघि सम्म उनीहरु बिच घनिष्ठता थियो ।

चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मीलाइ पक्राउ गरे पछि सुराकीको आशंकामा दुई बिच बोलचाल नै बन्द भएको थियो । रेग्मीले ल्याएको सबै काठहरू प्रहरीद्वारा खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै रेग्मीले शंका गरे । शंकाले बिवाद ल्याए पछि एक अर्का बिच हात हालाहालको स्थितिबाट शुरू भएको दुष्मनीले अन्ततः कार्कीको ज्यानै लियो ।

गत चैत्र १६ गते सोमबार सबै होलिमा रमाइरहेको अवश्थामा इटहरी २ बेलगाछी स्थित केशव कार्कीको परिवार भने शोकमा प¥यो । होलिको रंगमा संगै रमाइरहेकै समयमा बेलगाछी तनावग्रस्त बन्यो । बाहिर निस्कदा होलि लगाइदिने डरले कार्की घरमै टिभि हेरिरहेका थिए । टिभि हेर्दा हेर्दै छेउमै रहेकी श्रीमती बिमला कार्की निदाइसकेको अवस्थामा रेग्मीले कार्कीको कोखामा भाला प्रहार गरी निर्मम हत्या गरे । रेग्मीले प्रहार गरेको भाला कार्कीको कोखाबाट छेडिएर तन्ना समेत च्यातियो । ओछ्यानमा रगतले लतपतिदै छटपटिन थालेपछि निन्द्राबाट ब्यँुझिएकी श्रीमतिले छिमेकीलाइ गुहार्न थालिन् ।भाला प्रहारबाट गम्भिर घाइते बनेका कार्कीको तरहरा स्थित सामुदायीक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा मृत्यु भयो । प्रहरीले घटनास्थलबाट फलामको भाला पनि बरामद गरेको छ ।

कार्कीको हत्या गरि फरार भएका रेग्मीलाइ घटनाको एक घण्टापछि प्रहरीले तरहरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको गहुँबालिमा लुकेर बसेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका रेग्मीलाइ बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।सार्वजनिक हुनु अघि अभियुक्त रेग्मीले छिमेकीको हत्या पुरानै रिसिबिका कारण भएको स्विकारेका छन् ।

प्रहरीका अनुसार उनले बिगत ४ वर्ष अघि देखि नै कार्कीको हत्या गर्ने योजना बनाएको थिए । पटक पटक असफल बनेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए ।केसीका अनुसार कार्कीको हत्या गर्नकै लागि भनेर २ वर्ष अघि फलामको भाला बनाएको पनि अनुसन्धानको क्रममा खुलेको छ । अभियुक्त रेग्मीले कार्कीको हत्या गरे पछि कुनै आत्मग्लानी नभएको प्रहरीलाई बताएका छन ।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त रेग्मी विरूद्ध अदालतबाट ७ दिने म्याद थप गरि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved