सशक्त विद्यार्थी आन्दोलनको तयारी संयोजक भट्टराइको राजिनामा माग

  • चैत्र १५, २०७७
  • तेजबहादुर वन
alt

इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् ।

लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिनाहाको माग गर्दै गत तिन साता देखि कस्तुरी, बिश्व आदर्श, कोशी र सुस्मा कलेजका सयौ बिद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत बिद्यार्थीहरूले उपमहानगरको शिक्षा समितिबाट गठित समस्या सामधान कार्यदलका संयोजक एवम वडा नं ४ का अध्यक्ष चन्द्रप्रसाद ढकाललाइ संयोजक पदबाट र उपमहानगरको शिक्षा समितिबाट तत्काल राजिनामा दिन माग गरेका छन् ।

उपमहानगरको शिक्षा समितिले बिद्यार्थीहरूको समस्या सामधानका लागि वडा नं ४ का अध्यक्ष चन्द्र भट्टराइको संयोजकत्वमा ८ जना सदस्यहरू रहने गरी कार्यदल गठन गरेको थियो । कार्यदलले विद्यार्थी आन्दोलनलाइ सम्बोधन गर्दै केहि दिन अघि नै उपमहानगरलाइ प्रतिवेदन बुझाइ सकेको छ । प्रतिवेदनले पुनः कक्षा सुचारू हुन अगावै सम्पुर्ण बिद्यार्थीहरूको यातायात शुल्क फिर्ता गर्ने, लकडाउन अवधी मध्ये दुइ महिनाको मासिक शुल्क छुट गर्ने, निजि कलेजहरूमा सुरक्षाको बन्दोवस्त गर्ने लगायत ७ वटा निर्णय गरेको छ ।

लकडाउन अवधी मध्ये दुइ महिनाको मात्रै शुल्क मिनाहा गर्ने भनि गरिएको निर्णय प्रति आन्दोलनरत बिद्यार्थी र तिन वटै बिद्यार्थी संगठनहरूले खेद ब्यक्त गर्दै आएका छन् । निर्णयप्रति नेकपा एमाले समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादी केन्द्र समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र कांग्रेस सम्वद्ध नेपाल बिद्यार्थी संघले बेग्ला बेग्लै बिज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको हो ।

आन्दोलनलाइ सम्बोधन गर्ने बहानामा निजि कलेजका सञ्चालकहरूलाइ फाइदा पुग्ने खालको निर्णय गरेको र सो निर्णयहरू खारेज नभए आन्दोलनलाइ अझ सशक्त बनाएर लैजाने कस्तुरी कलेजका बिद्यार्थी सुस्मिता निरौलाले बताइन । त्यस्तै अबको आन्दोलनलाइ पनि खेलाँची सम्झिदै जायज मागहरू बेवास्था गरिए पर्न जाने क्षति प्रति कलेज सञ्चालकहरू आफै जिम्मेवारी हुनुपर्ने बिद्यार्थीहरूले चेतावनी समेत दिएका छन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved