कोरोनाको त्रासले होली पनि खल्लो

  • चैत्र १५, २०७७
  • गोबिन्द बस्नेत
alt तस्वीर गुगल

धरान/ अघिल्लो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालीहरुको मौलिक चाडपर्वलाई प्रभावित बनाएको थियो । कोरोनाका कारण नेपालीहरुले विगतका बर्षहरुमा हर्षोल्लासका मनाएका होली पर्व पनि गतबर्ष घर भित्रै त्रसित मानसिकतामा मनाएका थिए । यस बर्ष भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका धरानेहरु जिल्ला प्रशासन कार्यालय सुनसरीले होलीमा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेपछि निराश बनेका छन् ।

धरान १५ का विवेक लिम्बु गतबर्ष मनाउन नपाएको होली पर्व यस बर्ष खुलेर मनाउन उत्साहित थिए । तर यस बर्ष पनि कोरोना संक्रमण देखिन थालेपछि र सरकारले समेत भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेपछि उनी निराश छन् । उनी भन्छन् ‘गतबर्ष कोरोनाकै कारण रमाइलो गरेर होली खेल्न पाइएन, यस बर्ष त पाइएला भनेको कोरोनाकै कारण फेरी नपाइने भइयो ।’

यस्तै धरान १२ सञ्जय यादव पनि निराश भएको बताउँछन् । मधेशी समुदायले होलीलाई महत्वपूर्ण चाडको रुपमा लिने गरेपनि यस बर्ष पनि घरघरमै मनाउनुपर्ने अवस्था आएको उनी बताउँछन् । उनले भने, ‘गतबर्ष पनि होली खेल्न पाइएन, यस बर्ष त पाइएला भनेको त्यो पनि नपाइने भयो, अब कहिले सम्म यस्तो हुने हो ?’
गतबर्ष विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र लकडाउनको चपेटामा परेको थियो । सार्वजनिक स्थलमा भीडभाड गर्दा भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले ०७६ चैत्रदेखि लकडाउन गरेको थियो । यसको प्रभाव शैक्षिक क्षेत्र, सभा सम्मेलन, मठ मन्दिर मात्र हैन नेपालीहरुको मौलिक पर्वमा समेत परेको थियो भने आर्थिक तथा मानवीय क्षति धेरै व्यहोर्नु परेको थियो ।

यस बर्ष कोरोना संक्रमित कम हुदै जाँदा सहजता महशुष गर्दै आएका सर्वसाधारणले छिमेकी मुलुक भारतमा कोरोना संक्रमित थपिदै जाँदा र नेपालमा समेत कोरोना संक्रमित देखिन थालेपछि यस बर्षको चाडपर्वलाई समेत प्रभावित पार्ने भन्दै चिन्ता गर्न थालेका छन् ।

अझ जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदै गरेको होलीपर्वमा भीडभाड हुने कार्य नगर्न आग्रह गरेपछि गतबर्ष जस्तै होली पर्व खुलेर मनाउन नपाउने भएपछि बेखुशी बनेका छन् । छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह समेत गरिसकेका छन् । विज्ञप्तीमा होली पर्वमा कोडिभ १९ को जोखिम न्यूनिकरणका लागि भीडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । प्रशासनले भिडभाड नगर्न आव्हान गरे पनि प्रदेश सरकारले होलि मनाउन रोक नलाएको स्पष्ट पारिसकेको छ ।

तर कोरोनाको संक्रमण बढ्दै गएकाले नागरिकहरुमा त्रास भने कायमै छ । कोरोनाको डरले सामुहिक होलि खेल्न नसक्ने दुखेसो गर्न थालेका छन् ।
प्रशासनले कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै विगतमा सञ्चालनमा आएको क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सबै स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई प्रशासन कार्यालयले विज्ञप्ती मार्फत आग्रह गरेको छ । यस्तै, रात्रीकालिन व्यवसाय सञ्चालनबारे पनि जिल्लामा संक्रमणको अवस्था समेतलाई विचार गरेर भिडभाड नगर्ने र अबेरसम्म व्यवसाय सञ्चालन नगर्न पनि आग्रह गरेको छ ।

 

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved