जोगबनी नाकामा भिड मुख्य प्रवेशको बाटो बन्द, सहायक मार्गबाट निर्वाध आउजाउ

  • चैत्र १६, २०७७
  • कुमार लुइँटेल
alt

विराटनगर/ नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा शुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो ।

ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिई रहेका छन । टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ ।एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुन्तिर एक जना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । भारतबाट जोगबनीको मुख्य नाका भएर विरलै आउने नेपाली र भारतीय नागरिकको त्यहाँ ज्वरो जाँचिन्छ । आवश्यक परे एन्टिजेन्ट परीक्षण गर्न नमूना लिइन्छ । तर, सानो संख्यामा मानिस आउने भएकोले ज्वरोसम्म परीक्षण हुँदै आएको छ ।

नाकाको मुख्य प्रवेशद्वारमा नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको दैनिक अभिलेख राख्ने गरेको छ । यो तथ्यांकका अनुसार मुख्यद्वारबाट दैनिक दश जना जति मानिस नेपालतिर आएको देखिन्छ । तर, त्यसको ठिक चार सय मिटर जति उत्तरपट्टी भने भारतबाट नेपाल आउने र नेपालबाट भारततिर छिर्नेको लर्केताँत नै लाग्ने गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी बिटसंगै सटिएको उत्तरपट्टीको सडकमा टाउकोमा पोकापन्तुरा बोकेका मानिसको जुलुस नै देखिन्छ । नेपालतिरबाट यसरी नै भारत जानेहरुको संख्यामा पनि कुनै कमी छैन । हुलास मेटल क्राफ्ट उद्योग पश्चिमको विराटनगर जुट मिल्स लिमिटेडको भित्ता नजिकैको सडकबाट भरिभराउ छ । कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड सीमामा लागू भएको देखिएको छैन । दिउँसो भारतबाट नेपाल छिर्ने ‘चोरबाटो’ भनिने मटेरुवा पुग्दा मानिसको आउँजाउँ बाक्लिदो छ । टिकुलिया वस्ती र इस्लामपुरतिर पनि ठूलो घुइँचो देखिन्छ । मानिस आउँजाउँ गर्ने क्रम दैनिक बाक्लिंदो छ ।

जोगबनी सीमामा नेपाल सरकारले मुख्य नाकाको ढाट खोलेको छैन । तर, मानिसहरु छेउका सहायक र चोरबाटो प्रयोग गरिरहेका छन । यसरी आउनेहरुको अभिलेख राख्ने र स्वास्थ्य परीक्षण समेत हुन सकेको छैन । जोगबनी नेपालीहरुको किनमेलको पहिलो रोजाईको बजार भएकोले विराटनगर सहित विभिन्न ठाउँबाट नेपालीहरु जाने गर्छन । यसरी आउँजाउँ गर्दा भारतबाट कोरोनाको संक्रमण नेपालतर्फ फैलने खतरा देखिएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका निरीक्षक डा. दिलिपकुमार यादवले सीमाबाट हुने निर्वाध आउँजाउँले संक्रमणको जोखिम बढेको बताए । उनले भने, “भारतमा फेरि संक्रमण फैलन शुरु भएकोले त्यो सरेर यता पनि आउने अधिक संभावना छ ।” विराटनगरमा पछिल्लो पटक दैनिक जसो मानिसहरुमा संक्रमण देखिन शुरु भएको छ ।

भारतका सीमावर्ती क्षेत्रहरुमा समेत कोरोनाको संक्रमण फैलन शुरु भएकोले सरकारले सचेत हुन आग्रह गरेको छ । नजिकिएको होली पर्वलाई समेत मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मोरङले भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमणको जोखिमका कारण होलीमा समेत धेरै भिडभाड गर्न नहुने बताए । उनले भने, “भिंड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सर्वसाधरणमा अपिल गरेका छौं ।”

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved