धरानका चार वडा सचिव विहिन पदपुर्ति नहुँदा भुक्तानी ठप्प

  • चैत्र १३, २०७७
  • दिनेश गजमेर
alt

धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो ।

अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको अधिकृत वडा सचिवको जिम्मेवारीमा रहने भए पछि आर्थिक प्रशासनको काम पनि सचिवबाटै हुने गर्दछ । तर सचिव नहुँदा दुई साता देखि सबै भुक्तानीहरु रोकिएका छन् ।

वडा नम्बर ४ मा छैठौं अधिकृत तहको कर्मचारीका रुपमा जुम्ला कालिकोटका कविराज न्यौपाने रहेका थिए । उनी फागुन २८ गते सरुवा भए । धरानको विकट मानिएको वडा नम्बर ४ मा उनले काम गर्न नसक्दा मन्त्रालय पुगेर नै उनले आफ्नै गाउँमा सरुवा लिएर आएका थिए । अनुभवको समस्या रहँदा उनले काम गर्न नसकेर सरुवा लिएका थिए । लोकसेवा पास गरेर आएका थुप्रै कर्मचारीहरु धरान देखि धेरै टाढाका छन् । त्यसैले पनि कर्मचारीहरु सरुवा हुन खोज्दा वडा कार्यालयहरु सचिव विहिन हुने गरेका छन् ।
दुई साता देखि वडा सचिव नहुँदा ४ का सेवाग्राहीहरुले दैनिक जसो सास्ती भोग्नु परेको छ ।

स्थानीयहरुलाई वडा कार्यालय सम्म आइपुग्न कि त साढे ७ सय रुपैया खर्च गर्नुपर्ने हुन्छ, कि ६ घण्टा हिड्नुपर्ने हुन्छ । दुखका साथ वडा कार्यालयमा आइपुग्दा सचिव नभए पछि निराश भएर फर्किनु पर्ने अवश्था छ । एउटै कामको लागि दैनिक जसो वडा कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । सामान्य प्रशासनिक कामका लागि वडामै खटिएका प्राविधिकलाई जिम्मेवारी दिइएको छ, तर सम्पुर्ण प्रशासनिक काम उनीबाट हुन नसक्दा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । विशेष गरि सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको भुक्तानी दिन नसक्दा टाढा टाढा बाट उपभोक्ता समितीलाई समस्या परेको वडाका सदस्य धन बहादुर राई बताउँछन् । अहिले पाचौं तहको कर्मचारी मात्रै रहेका छन् ।

उनका अनुसार दुई साता यता करिब १० वटा सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी दिन बाँकी छ । उनले भने, पाँच वटा सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन बाँकी छ, लक्षित कार्यक्रमको ५ वटा छ, ती सबै पेण्डिङमा छन्, धरान उपमहानगरपालिकाको प्रशासनिक महाशाखाले भुक्तानी दिएर जानुस भन्न पनि सक्थ्यो, तर त्यसो नगरिदिदाँ अहिले सबै भुक्तानी रोकिएको छ ।’ पटक पटक नगरपालिकालाई सचिव पठाउन आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले भने, कहिले २ गते आउँछ भन्छ, कहिले ६ गते कहिले ८ गते आउने भन्दै झुलाईरहेको छ ।’

सचिव नहुँदा बजेट कार्यान्यवनदेखि भुक्तानी सम्मका कामहरु रोकिदा बजेट नै फ्रिज हुने अवश्था आउन सक्ने उनी बताउँछन् । जसरी भए पनि जनतालाई सास्ती नदिकन सेवा प्रदान गर्नुपर्ने हो तर कर्मचारीकै अभावमा स्थानीयले दुख खेप्नु परेको उनले बताए । धरान उपमहानगरपालिकामा अझै पनि ४ वटा वडा सचिव विहिन रहेको छ । सरुवा भएर गए पछि रिक्त रहेको वडा नम्बर ४ सहित वडा नम्बर ७, ९ र १८ अहिले सम्म वडा सचिव विहिननै रहेको धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा बताउँछन् ।

उनका अनुसार पहिले देखिनै सचिव विहिन वडामा नजिकै रहेका वडाका अधिकृतलाई जिम्मेवारी दिइएको छ भने सरुवा भएर गएका वडासचिवको हकमा व्यवस्थापनमा लागि रहेको छ । उनले भने, लोक सेवा आयोगबाट उत्तिर्ण भएर स्थानीय तहमा आएका अधिकृत तहका कर्मचारीहरु टाढा टाढा बाट आएका हुन्छन्, सरुवा भएर जान्छन्, त्यसमा रिक्त रहेकोमा मेनेज गर्न समय लाग्ने गरेको छ । अहिले नगरपालिकाकै कर्मचारी बढुवा भएका छन् । उनीहरुलाई परिचालन गर्ने तयारी भइरहेको खतिवडाले बताए । उनले भने, ‘करिब ७ जना पुराना कर्मचारी बढुवा भएका छन्, उनीहरुलाई परिचालन गरिने तयारी भइरहेको छ ।’

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved