धरान । असोज १ गते बिहीबार बाट लामो दुरीका सार्वजिनक सवारी चल्ने भएका छन् । यतायात व्यवसायि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको वर्ता अनुसा भोली बिहीबार बाट लामो दुरीका सार्वजनिक सवारी चल्ने भएको हो । सरकारले स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि दिए भोलि विश्वर्का पुजाकै दिनबाट सेवा सञ्चालन गर्न यतायात व्यवसायीहरु तयार भएको बताएका छन् । मन्त्रालय र यतायात व्यवसायीहरु सग भएको छलफलमा स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।बैठकमा सहभागि भौतिक पूर्वाधार तथा यतायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले तोकेका मापदण्ड पालना गरेर
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर र रजिस्ट्रार सहित अन्य कर्मचारीको स्वाब परिक्षण नेगेटिभ आएको छ ।गत सोमबार प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो । उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा।गुरु खनाल, रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मी, प्रवक्ता डा।निदेश सापकोटासहित कर्मचारी प्रशासनका उमेश कोइराला, दिव्यराज थापाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ आए पनि पदाधिकारीहरु केही दिन भेटघाट भने बन्द गर्ने भएका छन् । प्रतिष्ठानका पदा
धरान / धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार उपचारमा क्रममा २ः२०मा मृत्यु भएको हो । प्रतिषठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई ज्वरो , खोकी , श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा २९ गते रिपोर्ट पोजेटिभ आएको हो । सापकोटका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको र सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको थियो । यो सगै सुनसरीमा मृतकको संख्या ८ पुगेको छ भने धरानमा मात्रै मृतकको संख्या ७ पुगेको छ ।
वराहक्षेत्रको चतरास्थित बयरवन सामुदायिक वन क्षेत्र भित्र अवैध-अतिक्रमण गरी निर्माण गरिएको पक्की भवन निर्माण पक्षलाई सामुदायिक वनले ताकेता गरेको छ । सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण गरिएको भवन वेवारिसे भएको कोशीपत्र दैनिकको अनलाइन पोर्टलमा प्रकाशित भएपछि वनले कसले, के को लागि, कुन सस्थाले, कुन प्रयोजनका लागि निर्माण गरेको हो ? सो को विवरण लिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा सरोकार वाला संघसस्था समूहलाई आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । वराह सब डिभिजन वन कार्यालय चतराले अवैध संरचना बारे सामुदायिक वन समक्ष विवरण माग गरेपछि
धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको अन्तर वडा बाल समुह स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिवगंगा बाल क्लबकी मेनुका दर्जी प्रथम भएकी छिन् । २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा १५ का हिबिसकस बाल समुहका अनुप झा द्वितीय, नवज्योती बाल क्लबका प्रलाद भट्टराई तृतीय भएका थिए भने निराजन बाल क्लबका विवेक विक सान्त्वना घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाका वडाअध्यक्ष नरेश इवारुम लगायत वडा सदस्यहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए । वडा बाल संजालको आयोजनामा भएको प्रतियोगितामा बाल दिवसमा बालबालिकाको भुमिका भन्ने बिषय
विराटनगर, २९ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नं ७, डङ्ग्राहा, कमलपुरका १७ वर्षका आनन्द विश्वासको जीवनमा अचम्म लाग्ने परिवर्तन देखिएको छ । पाँच महिनाको अवधिमा उनमा आएको परिवर्तन देख्नेहरू स्वयम नै आश्चर्यमा परेका छन् । आनन्दको स्वभाव, आत्मविश्वास र क्षमतामा जुन मात्रामा परिवर्तन देखियो, त्यो नै अरूलाई आश्चर्यमा पार्ने किसिमको छ । आनन्दको बुवा झगंरी विश्वास र आमा कमली विश्वास हुन् । मध्यम वर्गीय विश्वास परिवार जेनतेन जीवन गुजारा गरिरहेको छ । आनन्द ग्रामथान गाउँपालिका वडा नं ६, नेताचोकमा रहेको पशुपति सेकेण्डरी बोर्डिङ्ग स्कुलमा कक्षा १० मा पढ्छन् । प्रतिकूल आर्थिक अवस्था भए पनि उनी अरूभन्दा जेहेन्दार र मे
धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ । आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको
धरान । कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवश्थालाई पुरानै अवश्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले बताएकी छिन् । विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् । सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्
धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५