‘एकिकृत आन्दोलनको आवश्यक्ता’

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । अन्तरजातीय प्रेम विरुद्धको कालो दिनको रुपमा जेठ १० लाई सम्झदै जातिय विभेद विरुद्ध एकिकृत आन्दोलनको आवश्यक्ता रहेको दलित अधिकारकर्मीहरुले जोड दिएका छन् ।

जातीय विभेदकै कारण रुकुम हत्याकाण्ड भएको एक वर्ष बितिसक्दा पनि पिडितले अझै न्याय पाउन नसकेको बताउँदै जेठ १० लाई कालो दिनको रुपमा लिनुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।

अन्तरजातीय प्रेम विरूद्धको कालो दिनको रूपमा स्मरण गर्दै रूकुम नरसंहारको वर्ष दिन पुग्यो न्याय खोई ? भन्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनले ‘रूकुम घटनाको एक वर्षको अनुभव र अनुभूति’ विषयक भर्चुअल छलफल कार्यक्रममा विभिन्न संघसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानबाट पनि जातीय विभेदकै कारण हत्या भएको प्रतिवेदन सार्वजनिक गर्दा पनि अझै न्याय पाउन नसकेको उनीहरुले टिप्पणी गरेका छन् ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले दोषिलाई कारवाही र पिडित परिवारलाई न्यायको माग गरे । उनले भने, ‘घटनाको न्यायसंगत तरिकाले छानविन हुन सकिरहेको छैन्, हामी रुकुम पश्चिम घटनाको स्मरण गर्दै आगामी दिनमा यस्ता घटनाहरु भोग्न नपरोस् भन्दै दोषीलाई कारवाही र पीडित परिवारलाई न्यायको माग गर्दछौं ।’

उनले जातीय भेदवभाव तथा छुवाछूतका कारणले भएका हत्या र नरसंहारका घटनाहरूको निश्पक्ष र बैज्ञानिक छानवीनका लागि स्वतन्त्र रुपमा छुट्टै राष्ट्रियस्तरको अध्ययन तथा छानवीन समिति निर्माण गर्न माग गरेका छन् ।

संघका जिल्ला अध्यक्ष अमिर रामदामको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको औचित्यबारे स्पष्ट पार्दै अध्यक्ष रामदामले भने, ‘रूकुम जस्तो ठाउँ जहाँ मुद्दाको खासै चाप हुँदैन तर प्रक्रिया नबढ्नाले दलित माथी हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने विषयमा हामी प्रष्ट हुन सक्छौ ।’ उनले शसक्त रूपमा कलम चलाउन आवश्यक रहेको बताए ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाँउलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज वि.क सहित ६ जना युवाहरूको गत वर्ष आजकै दिन निर्ममता पूर्वक हत्या भएको थियो । सोती निवासी सुष्मा मल्ल बीच लामो समय देखि रहेको प्रेम सम्बन्धलाई विवाह गर्न खोज्दा उक्त घटना घटेको थियो ।

हत्यामा संलग्न ३४ जनालाई पक्राउ गरिएकोमा ११ जनालाई अदालतले छुटाएको छ । २३ जना थुनामा छन । घटना अदालती प्रक्रियामै छ ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालमा आवद्ध देशभरका दलित समुदायका पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बुद्धी विश्वकर्मा, बिनोद परियार, केन्द्रीय महासचिव लक्ष्मण दर्नाल, संघकी केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासंघकी सदस्य सरिता बराइली, संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, बाग्मती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्मा, रूपन्देही शाखा अध्यक्ष टंक सुनार, सुनसरी शाखा अध्यक्ष दिनेश गजमेर लगायतले आफ्नो धारणा राखेका थिए ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved