पिडितहरु न्यायको पर्खाइमा

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जातीय विभेदकै कारण भएको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको आज एक वर्ष पुग्दा पनि पिडितहरुले न्याय पाउन सकेका छैनन् । आरोपी ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भए पनि अझै फैसला हुन सकेको छैन् ।

प्रेम विवाह गर्न चौरजहारी नगरपालिका ७ सोती पुगेका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नवराज विक सहित ६ जनाको हत्याकाण्डलाई दलित अधिकारकर्मीहरुले कालो दिनका रुपमा लिएका छन् ।

रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको विभिन्न छानबिन समितिले निष्कर्ष निकालेको थिए ।

जातीय भेदभाव र छुवाछुतका कारण नवराज विक र मल्ल थरकी युवतीको विवाह रोक्न खोज्नु नै यो अपराधको प्रारम्भ बिन्दुभएको समितिले निष्कर्ष निकालेका थिए ।

विभिन्न समितीको प्रतिवेदन सार्वजनिक भइसक्दा पनि पिडितहरुले न्याय पाउन नसक्नु कानुनी राज्यको उपहास भएको दलित अधिकारकर्मीहरुको भनाई छ ।

आफ्नी प्रेमिका लिन भनि गएका जाजरकोट भेरी नगरपालीका वडा नम्बर ४ का नवराज विक सहित घटनामा गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनारको मृत्यु भएको थियो ।

आरोपी ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएपनि ११ जना भने छुटेका छन । मुद्दा दर्ता गरिएका मध्ये नवराजकी प्रेमीका भनिएकी र अर्का एक नावालक भएको भन्दै उच्च अदालत सुर्खेतले अभिवावक जिम्मा लगाउन आदेश दिएको थियो । यस अघि रुकुम अदालतले बाल सुधार गृह भक्तपुरमा पठाउन आदेश दिएको थियो ।

यसैगरी केटीको आमा एक लाख रुपैया धरौटी र अरु तीन जना साधरण तारेखमा छुटेका थिए । पुर्वपक्षका लागि कारगार रहेका अरु पाँच जनाले आफुहरुले कारागार बस्ने कसुर नगरेको भन्दै उच्च अदालत सुर्खेतमा पुग्दा पाँचै प्रतिवादीको हकमा राय बाझिएपछि उच्च अदालत नियमावली अनुसार सर्वोच्चमा पुग्दा तारेखमा छोड्न आदेश दिएको थियो ।

अव कारागार रुकुममा चौरजहारी का ८ वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २३ जना रहेका छन् ।

 

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved