धरान । प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुर्वीमध्य बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र आज चक्रवातमा परिणत भइ मंगलबार सम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकाले त्यसको प्रभाव प्रदेश १ र २ मा पर्न सक्ने अनुमान गरिएको छ ।
आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।