‘रेल्वे युथ क्लब’द्वारा ‘कोभिड १९ राहत कोष’ स्थापना

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् ।

क्लबका पदाधिकारी तथा सदस्यहरुले बन्दाबन्दीका कारण आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परिवारका लागि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् ।

राहत कोषका संयोजक एवं नेपाली कांग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिए ।

विषम् परिस्थितिमा १७ नं. वडा भित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरुका लागि खाद्यान्न, औषधी, फ्रि एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘रेल्वे युथ क्लब’ले राहत कोष स्थापना गरेको संयोजक राईले बताए ।

उनले वडाभित्र रहेका लकडाउनका कारण समस्या परेका पीडितलाई ‘रेल्वे युथ क्लब’का पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । साथै यस अभियानमा जोडिन धरान १७ बासीलाई आह्वान समेत गरेका छन् ।

कोभिड–१९ को महामारीका कारण सरकारले देशभर नै यसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरेको छ ।

 

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved