कोरोना नियन्त्रणबारे इटहरीमा सर्वपक्षीय छलफल , सबै मिलेर काम गर्ने प्रतिवद्धता 

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी \ इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ ।  स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा  वढाएर हाल सय वढिको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।समुदायस्तरमै गएर एन्टिजेण्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।  वैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुव्वा,नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल,नागरिक समाजका अध्यक्ष सन्त डुम्जन,पूर्व अध्यक्ष कमलेश पौडेल,रेडक्रस सभापति विमल पौडेल,मुक्तिधाम ब्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गर्नुभयो । छलफलमा पीसीआर परीक्षण गर्ने मेशिन खरिदका लागि सहयोग गर्ने त्यसको संचालन र ब्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ ।  उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सो को प्राविधिक पक्ष अध्यन गरेर आवश्यक निर्णय लिइने वताउनुभयो । वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराई र वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले कोरोना रोगथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका वारेमा वताउनुभयो ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved