समाज

    Showing 6,131-6,140 of 6,734 items.
  • पानवारीमा धान उत्पादनमा ह्रास

    धरान । कोरोनाको महामारीमा घोषित लकडाउनका कारण समयमै कृषकले मल विउँ नपाउँदा सुनसरीमा यस वर्ष धान उत्पादनमा ह्रास आएको छ । पानवारी मंसुली चालम उत्पादनका लागि प्रख्यात रहेको सुनसरीको धरान उपमहानगरपालिका स्थित पानबारीमा सोचे जस्तो धान उत्पादन गर्न नसक्दा कृषकहरु निरास बनेका छन् ।  देशमै पानवारी मंसुलि चामल उत्पादन हुने क्षेत्रको रुपमा प्रख्यात सुनसरीको धरान उपमहानगरपालिका स्थित पानवारीमा गत वर्ष फौजी किराका प्रकोपले गर्दा धान उत्पादनमा कमी आएको थियो । यस वर्ष कोरोनाको महामारीले गर्दा आवश्यक मल बिउँ उपलब्ध नहुँदा धान उत्पादनमा ह्रास आए पछि पानबारीका कृषक चिन्तित बनेका छन् । दुई वर्ष अघि नै

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ईलाममा एक करोड ९० लाखमा तरकारी बजार निर्माण

    इलाम । दुई वर्ष अघि सम्म इलामको तरकारी बजार अस्त व्यस्त थियो । तिर्पालको छहारी भित्र तरकारी बजार लाग्ने गर्दथ्यो। हिउँदमा धुलो र वर्खाको समयमा हिलोको कारण हैरान हुने गर्दथ्यो । नगरपालिकाले व्यवस्थापन गरे सँगै तरकारी बजार अव हिलो र धूलोबाट मूक्त भएको छ । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीलाई बाँध बाँधेर तरकारी बजार र पशुबजार निर्माण गरेको छ । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालन भएका छन भने बजार व्यवस्थापनका लागि अस्पतालमा आउने र बजार आउने सवारीका लागि पार्क र कृर्षि थोक बजार पनि व्यवस्थित बनाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । उनले भने ‘बज

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,004 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लोकगायक गन्धर्वलाई आर्थिक सहयोग जुट्दै

    धरान । आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार गराईरहेका गन्धर्वलाई धरानका युवाहरुले आर्थिक सहयोग गरेका छन् । उनी उपचाररत वार्डमा नै पुगेर धरानका युवा दिपक घिसिङको पहलमा संकलन भएको ५ हजार युवा नेता हर्कजङ एभेङ सहितले गायकलाई हस्तान्तरण गरेकाछन् । घिसिङका अनुसार टिकाराम विसुंखे, सोनम राई, हर्कजंग एभेङ, समुन धामी र लालकुमार राई९छिन्ताङ्गे०बाट उक्त रकम संकलन भएको थियो । यस्तै, प्रबोध साप्ताहिकको तर्फबाट पनि ३ हजार ३ सय ७५ रुपैया गायक गन्धर्वलाई सहयोग गरिए

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,401 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ६ स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

    विराटनगर । मोरङमा विद्यालय खोल्ने तयारी थालिएको छ । दक्षिणपूर्वी मोरङका ६ वटा स्थानीय तहले विद्यालयको पठनपाठन शुरु गर्ने निर्णय गरेका छन । मंसिर १५ गतेबाट विद्यालय संचालन गर्ने विाष्यमा ६ वटै पालिकाका प्रमुख तथा सरोकारवालाले अब विद्यालय बन्द गरिरहन नसक्ने निस्कर्ष निकालेका हुन । रङ्गेली नगरपालिका,रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका विद्यालय खुल्ने विषयमा छलफल भई निर्णय भएको हो । रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालका अनुसार सरकारले तोेकेको स्वास्थ्य मापदण्डलाई कडाइसाथ लागू गर्दै विद्यालय खोल्ने निर्णय भएको छ । सबै विद्यालयले व

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड–१९ बाट प्रभावित सहिदभूमि गाँउपालिकाका गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण

    धनकुटा ÷ धनकुटाको सहिदभूमि गाँउपालिकाका कोभिड–१९ प्रभावित गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण गरिएको छ । कारितास नेपालको जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई करिब १ करोड बराबरको आर्थिक लगतमा हजारी, स्प्रे, प्याकिङ प्लाष्टिक सहित टमाटर, बन्दा, काउली, साग र धनियाको बीउ वितरण गरिएको हो ।  कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राना

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,099 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • आव ०७७÷७८ नगर सरकारको पहिलो चौमासिक :वराहक्षेत्रको विकास खर्च ‘उत्साहित’

    वराहक्षेत्र/ कोभिड संक्रमणको विषम परिस्थितिका बावजुद वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगततर्फ औसत खर्च गरेको छ । चालुतर्फ विनियोजित वार्षिक बजेटको २५ दशमलव ८६ प्रतिशत खर्च गरेको छ, भने पुँजीगततर्फ १२ दशमलव १४ प्रतिशतमात्र खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षमा नगरले वराहक्षेत्र ४ स्थित पिडारी– कुटी १ हजार ७ सय मिटर कालोपत्रे सडक सम्पन्न गरेको छ । यस्तै धनपुरी– कालाबन्जर सडक ९ सय ५० मिटर र ४५० मिटर कालोपत्रे गरेको छ । वराहक्षेत्र ७ स्थित सोमबारे– बांगे ४ सय मिटर कालोपत्रे सम्पन्न गरेको छ । नगर कार्यपालिका परिषरमा प्रशासनिक भवन र कृषि प्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठान दलको भर्तिकेन्द्र,थपिए स्वास्थ्यमन्त्रीका आफन्त

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको समय देखिनै सत्तासिन दलको भर्तीकेन्द्रकै रुपमा रहँदै आएको छ । जुन दल सत्तामा पुग्यो, त्यही दलका कार्यकर्ताहरु नियुक्ति हुन थाल्छन् । सरकार फेरिदै पिच्छे आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने थलोको रुपमा विकाश हुँदै गएकाले अहिले प्रतिष्ठानमा बेथिती नै बेथिती बढेर गएको छ । दक्षिण एशियाकै उत्कृष्ठ मध्येको एक भए पनि राजनितिक हस्तक्षेपका कारण प्रतिष्ठानको सेवा नै प्रभावित बनेको छ । राजनितिक नियुक्तिकै कारण भ्रष्टाचार मौलाएको छ । राजनितिक नियुक्तिका कारण प्रतिष्ठानका कर्मचारी हुन् वा पदाधिकारी कसैलाई पनि कारवाही गर्न सकिन्दैन्, जसले गर्

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 1,522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ दिपेन्द्र बस्तीको एक घरमा आगलागी

    धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ । आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् । उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्  

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सात वटा बीओपीबाट साढे ५२ किलोमिटर निरिक्षण हुने

    इलाम/ इलामको नेपाल भारत सीमा क्षेत्रकोसाढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिएको हो । भारतसँग जोडिएको इलामको सिमानामा ६ बिओपी स्थापना भईसकेका छन भने माने भञ्ज्याङमा भने बाँकि रहेको छ । यहाँ स्थापनाको लागि काम भईरहेको छ । साढे ५२ किलोमिटर सिमा सुरक्षाका लागि यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो । स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा बिओपी स्थापना गरिएको हो ।सीमाक्षेत्रका सलकपुर, समालबुङ, कालपोखरी, जौबा

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 719 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई

    इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए । ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो । प्र

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • 1,031 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved