प्रदेश सरकारको कृषि बजार परियोजना अलपत्र  मर्मत गर्न ४१ लाख बजेट माग

  • श्रावण ८, २०७८
  • कुमार लुइँटेल
alt

विराटनगर । विकास निर्माणबारे ‘गराईमा भन्दा भनाई’मा जोड दिने भनेर आरोप खेप्दै आएको १ नम्बर प्रदेश सरकारले महत्वपूर्ण मानेको एउटा विकास परियोजना प्रदेश राजधानी विराटनगरमा अलपत्र बनेको छ ।

मुख्यमन्त्री शेरधन राईले ‘पिर्का र गुन्द्रीमा’ बसेर सरकारले आफ्नो बाटो तय गरेको भन्दै विकासलाई प्राथमिकतामा राखेको अभिव्यक्ति दिंदै आएका छन् । तर, व्यवहारमा भने प्रदेश सरकारले पूरा गरेका परियोजनाको उदाहरण समेत दिन नसक्दा प्रदेशसभामा सरकारको सत्तापक्षकै सांसदले आलोचना गर्ने गरेका छन् । संघ सरकारबाट हस्तान्तरण गरिएका परियोजनाको समेत संचालन गर्न नसक्दा सरकारको थप आलोचना भएको छ ।

२७ महिना अघि संघीय सरकारले निर्माण गरेर हस्तान्तरण गरेको तरकारी तथा फलफूल बजार प्रदेश सरकारको जिम्मामा आएको थियो । तर, साना किसान र व्यापारीको हितको लागि भनेर निर्माण भएको करोडांै लगानीको बजार प्रदेश सरकारले संचालन गर्न सकेको छैन । अहिले बजारमा संरचना पूर्ण रुपमा प्रयोगमा नै नआई खण्डहरमा परिणत भएको छ । संचालननै नभएको बजार मर्मत गर्न भन्दै रु ४१ लाख बजेट माग गरिएको छ ।

महेशपुरमा जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ बिघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा बजार निर्माण भएको छ । बजारमा थोक तथा खुद्रा बिक्री कक्ष, क्यान्टिन, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङ लगायतका पूर्वाधार छन् ।

२०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै यो बजारको चाबी मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेका थिए । रु. १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको महेशपुरस्थित जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन बनेको छ ।

प्रदेश सरकारले स्थानीय तहलाई विश्वासमा लिन नसक्दा यो बजार प्रयोगविहीन भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् । पराजुलीका अनुसार संचालन गर्न स्थानीय तहहरुले आफ्नो भूमिका खोजेका थिए तर प्रदेश सकारले एक्लौटी ढंगले संचालन गर्न नसक्दा बजार प्रयोगविहीन बनेको हो । पराजुली भन्छन्, “ंसंचालन प्रयास भएपनि स्थानीयलाई भूमिका विहीन बनाईंदा बजार खण्डहरमा परिणत बन्न पुग्यो ।”

उदघाटन भएको दुई वर्षसम्म सञ्चालन प्रयास गर्दा पनि असफल बनेपछि प्रदेश सरकारले विशिष्टीकृत सहकारी संघलाई जिम्मा लगाएको थियो । एक वर्ष भाडा नतिर्ने गरी पाँच वर्षका लागि ठेक्का दिएपनि संघले बजार संचालन गर्नै सकेन । न किसानले उत्पादन गरेको वस्तु बजारमा बिक्रीका लागि ल्याएका छन् नत व्यापारी नै पुगेका छन् ।

विराटनगरमा संचालित गुद्री बजारका व्यवसायीलाई आह्वान गरिएपनि उनीहरुले प्रदेश सरकारको आग्रहलाई बेवास्ता गर्दै विराटनगरको जनपथ टोलमा निजी जग्गा भाडामा लिएर गुद्री बजार संचालन गरेपछि महेशपुरको बजार सुनसान बनेको हो ।
व्यवसायी मोहम्मद गुड्डुका अनुसार ठाउँ अपायक भएकोले अन्तै बनाउन सुझाव दिएको तर केही व्यक्तिको लालसाका कारण करौडौंको सरकारी बजेट डुबाउने काम भएको आरोप लगाए । उनले भने, “एउटै सेडमा २० व्यापारी बस्नु पर्ने, तालाचाबी नपाइने, भाडा पनि हामीले निजीस्तरमा निर्माण गरिएको भन्दा महंगो छ, अनुकूल चाहिएजति ठाउँ दिएर १४ रुपैयाँमा हामीले दिएका छौं तर सरकारको अनुदानको रकममा बनेको संचरनामा प्रति स्क्वायर फिट ५५ रुपैयाँ तोकिएको थियो ।”

गुड्डुले उपभोक्ता, व्यवसायी र सरोकारवाला पक्षले त्यो ठाउँमा निर्माण गर्नु हुन्न भन्ने सुझाव दिंदादिंदै जर्बजस्ती बनाउन लाग्नेहरुको विषमया अख्तियारले छानबिन गर्नुपर्ने आफूहरुको माग रहेको सुनाए । उनले भने, “उपभोग गर्ने उपभोक्ता र सम्बन्धित पक्षले नबनाउनु भन्दाभन्दै बनाइएको हो, अहिले संचालननै नभएको संरचना मर्मत गर्न भन्दै फेरि लाखौं रकम खर्च गर्न खोजिदै छ ।’ व्यापारीहरुले नै निजी जग्गा भाडामा लिएर बजार निर्माण गरेको र अब कोल्डस्टोर पनि बनाउने तयारी रहेको उनले सुनाए ।

विराटनगरको गुद्री बजार स्थानान्तरण गर्ने उद्देश्य साथ संघीय सरकार अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले तरकारी बजार निर्माण गरेको थियो । तर, समन्वय अभावमा यो परियोजना नै असफल बन्न पुगेको हो ।

कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली २०७७ निर्माण गरेर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ कटहरीलाई जिम्मा दिएको छ । तर, बजार संचालन हुन सकेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मत गर्ने भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख बजेट माग भएको छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved