उच्चस्तरिय अध्ययन कार्यदलले थाल्यो छलफल

  • श्रावण ४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । विगत ३५ दिन देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको शुद्धिकरण अभियान अन्तर्गतको आन्दोलन निकास तर्फ प्रवेश गरेको छ ।
प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा सहित शुद्धिकरणको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समिती सँग सोमबार उच्चस्तरिय अध्ययन कार्यदलले छलफलबाट प्रतिष्ठानको अध्ययन शुरु गरे पछि आन्दोलनले निकाश पाउने अपेक्षा गरिएको छ ।

असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरि छलफलमा बसे पछि संघर्ष समितीले चारै जनाको पदाधिकारीहरुको राजीनामाको सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरिय आयोग गठन गरि छानबिन गर्न माग गर्दैै आएका थिए ।
आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलले अध्ययन शुरु गरे पछि संघर्ष समितीले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएका छन् । माग पुरा नभए सम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा चै चलिरहने समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । उनले भने, ‘सचिवको संयोजकत्वमा उच्च स्तरिय अध्ययन कार्यदल बने पछि सकारात्मक बनेका छौं, यसले निकास दिनेमा ढुक्क छौं ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितीले कार्यदललाई आफ्ना मागहरुको बारेमा जानकारी गराएको उनले बताए । उनले भने, हामीले आफ्ना मागहरु सहित अन्य समस्याको विषयमा जानकारी गरायौं, उहाँहरु अध्ययन कार्यदल भएकाले वार्ता हुन सकेन्, तर पनि यो सकारात्मक छ ।’

कार्यदलले सोमबारनै प्रमुख पदाधिकारीहरु सँग पनि छलफल गरेको छ । त्यसै गरि नागरिक समाज, सञ्चारकर्मीहरु सँग पनि छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समिती सहित पदाधिकारी, नागरिक समाज सँग छलफल गरेर विषयवस्तुको गहिराईमा पुग्ने कोशिष गरिने उनको भनाई छ । उनले भने, ‘अहिले हामी कार्यदलको कन्फिडेन्ट विल्डीङको लेभलमा छौं, सबैसँग भेटघाट हुन्छ, त्यसको निश्कर्ष निकाल्दै प्रतिवेदन तयार हुनेछ ।’ अध्ययन गरिसके पछि त्यसको एक्सन प्लान बनाउँदै समस्या समाधानको विषयमा प्रतिवेदन तयार गरिने उनको भनाई छ ।

प्रतिष्ठानका उपकुलपतिले पटक पटक वार्ताका लागि आव्हान गर्दा पनि संघर्ष समितीले उच्च स्तरिय वार्ता समिती सँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टचार अन्त्यको लागि जारी आन्दोलनको क्रममा असार १५ गते वार्ता भाँडिएको थियो । वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाडिएको भोलीपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

त्यसयता, उपकुलपति डा.ज्ञानेन्द्र गिरीले २ पटक वार्ताको आह्वान गरेपनि कुलपति वा सहकुलपतिस्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोनलकारीले अस्वीकार गर्दै आएको छ । संयुक्त संघर्ष समितिले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउदै ४८ घण्टाभित्र माग पुरा नभए आइतबार देखि दैनिक २ घण्टा इर्मजेन्सी, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको अल्टिमेटम दिएका थिए ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved