प्रतिष्ठानको बजेटबाट रजिष्ट्रारलाई सिरानी र डस्ना

  • साउन १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टारको रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्ति भएर आए पछि तत्कालिन फ्याकल्टी वेलफेयरका अध्यक्ष डा. विष्णु पोखरेलले उनलाई स्वागत गर्दै भनेका थिए, अब वीपी साच्चै नै विश्वभरी चम्कीएर जान्छ, कि पुरै भासिएर जान्छ ।

पोखरेलले भने जस्तै वीपी विश्वभरी चम्कीएर त गएन तर दिनानुदिन भासिदै चै जादैछ । प्रतिष्ठानकै उत्पादन रहेको रजिष्टार रेग्मी अनियमितता र भ्रष्टाचारमा मुछिदै गए । त्यती मात्रै होइन् । घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानबाटै खर्च गराएका छन् । रजिष्टार भएर आए लगत्तै उनको क्वार्टरमा लाखौं रुपैया खर्च गरेर टायल लगाउन लाए । क्वार्टर अगाडि गार्ड राख्न लगाए । महिनामा तीन पटक सम्म क्वार्टर मर्मत गरे । सिरक डसना पनि प्रतिष्ठानकै खर्चबाट खरिद गरेका छन् । अढाई लाख रुपैया बराबरको कार्पेट पनि प्रतिष्ठानकै खर्चबाट लगाए ।

रजिष्टार रेग्मीबाट प्रतिष्ठानको उन्नती र प्रगतिको अपेक्षा ठुलो रहेको थियो । उनी प्रतिष्ठानलाई बुझेको र जानेको व्यक्तिको रुपमा हेरिएको थियो । तर उनी रजिष्टार भएर आउ लगत्तै विभिन्न आर्थिक कारोबारमा मुछिए । सामान खरिद प्रक्रियामा भ्रष्टाचार र अनियमितता बढ्दै गयो । त्यतीले मात्रै नपुगेर घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानलाई नै दुहिरहे ।

गत असार १३ गते १५ हजार २ सय ५० रुपैयाको सिरानी डसना खरिद गरेको रकम प्रतिष्ठानबाटै तिर्न आर्थिक प्रशासनलाई तोक लगाईदिएका छन् । कर्मचारी गोकुल खनाललाई सोधभर्नाको लागि स्वीकृति निर्देशन दिएका थिए । खनालले रजिष्टारका लागि कटन डसना ७ हजार ५० रुपैयाका दरले दुई वटा र ५ सय ७५ रुपैया गोटामा डेढ किलोको २ वटा सिरानी खरिद गरेका थिए ।

संजय भट्टराईले तयार पारेको टिप्पणीलाई रजिष्टार रेग्मीले सोधभर्नाका लागि निर्देशन दिएका हुन् । स्थानीय बजारबाट खरिद गरिएको सिरानी र डसनाको रकम सोधभर्ना गर्न असार १३ गते आर्थिक प्रशासनलाई तोक लगाइदिएका थिए ।

उनले दुई लाख रुपैया भन्दा बढीको को कार्पेट पनि प्रतिष्ठानकै खर्चमा खरिद गरेका छन् । गत सालको भदौमा २ लाख ३५ हजार ५ सय ६५ रुपैयामा खरिद गरेका थिए । त्यसको भुक्तानी पनि अहिले भर्खरै भएको छ । सुल्तान कम्पनीका कार्पेट गिता मन्दिरलाईनबाट खरिद गरिएको हो ।
केही दिन अघि एक चिकित्सकलाई दुव्र्यवहार गरेका कारण कमल रायमाझी अर्को विभागमा सरुवा भएर गए पछि आर्थिक प्रशासनमा आएका नयाँ प्रमुखले रजिष्टारका लागि खरिद गरिएका सामानहरुको भुक्तानी धमाधम गर्न थालेका छन् ।

घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानाबाटै खर्च गराउनु आपत्तिजनक रहेको चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानलाई दुहुनो गाई जस्तै बनाएको एक चिकित्सकको आरोप छ । चिकित्सक, नर्सहरुले जोखिम भत्ता सहित समयमा नै तलब पाउन सकेका छैनन् तर रजिष्टार चै घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानलाई नै खर्च गराउनु ठिक नभएको उनी बताउँछन् ।

प्रतिष्ठानमा बढ्दै गएको बेथिती सुधारको माग गर्दै विगत ४७ दिन देखि चिकित्सक, विद्यार्थी, कर्मचारीहरु आन्दोलनमा छन् । उनीहरुको माग अहिले सम्म सुनुवाइ भएको छैन् । पदाधिकारीहरु अझै पनि भ्रष्टाचार अनियमिततामै लिप्त भइरहेका छन् ।

 

bp

 

 

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved