स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन् "औषधि र उपकण खरिदबारे सदनमा प्रश्न उठ्यो"

  • साउन ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ कोरोना संक्रमणका बेला उपचारमा खटिएका विराटनगरको काशी अस्पताल कोभिड १९ उपचार केन्द्रका स्वास्थ्यकर्मीले अझै जोखि भत्ता पाउन सकेका छैनन् ।

कोभिडको पहिलो लहरका बेला खटिएका २४ स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त नगरेको बताएका छन् । प्रदेश १ सरकारले सञ्ंचालन गरेको अस्पतालमा खटिएका चिकित्सकले सामाजिक विकास मन्त्रालयमार्फत भत्ता पाउनु पर्नेथियो । तर, गत वर्षको मंसिरदेखिकै भत्ता नपाएको स्वास्थ्यकर्मीको भनाई छ । केपी ओलीको सरकारकै पालामा दिने भनिएको जोखिम भत्ता ८ जना मेडिकल अधिकृत, ८ जना एचए र ८ जना स्टाफ नर्सले प्राप्त गर्न नसकेका हुन ।

प्रदेश सरकारले २०७७ भदौ २१ देखि फागुन २० गतेसम्म सम्झौता गरेर ६ महिनासम्मको नियुक्ति दिएर २४ स्वास्थ्यकर्मीलाई खटाएको थियो । पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय भएको थियो ।
आफूहरुले चार महिनाको जोखिम भत्ता नपाएको हेल्थ असिस्टेन्ट दिलिप सिंहले बताएका छन् । भने,“सामाजिक विकास मन्त्रालयमा बारम्बार ताकेदा पनि गरेका थियौं । हुन्छ हुन्छ भन्ने जवाफ आउँछ तर भत्ता वापतको रकम भने पाइएको छैन ।”

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले दुई महिनाको मात्र सरकारले जोखिम भत्ता दिने भनेको दाबी गरे । कात्तिकदेखिको जोखिम भत्ता कटौती भएको उनले दाबी गरे । कोसी कोभिड अस्पतालमा औषधि खरिददेखि उपकरण मर्मत लगायतमा अनियमितता भएको भन्दै प्रदेशसभा बैठकमा सांसदले प्रश्न उठाएका थिए । अस्पतालका खरिद टुक्र्याएर टेन्डर बिना गर्ने गरेको पाइएपछि सामाजिक विकास मन्त्री उषाकला राईले रोकेकी थिइन ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved