समाज

    Showing ५,९४१-५,९५० of ७,१४८ items.
  • सवारी दुर्घटनामा दुईको मृत्यु, सात घाइते

    इलाम । इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत सुकेपोखरीमा मे १ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्दा दुईजनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरीकार्यालय इलामले जनाएको छ । मृत्यु हुनेमा इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ बर्षीया रामप्रसाद तिम्सिना र सोही ठाउँको ४० वर्षका भरत घिमिरे रहेका छन । दुर्घटनामा परि घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए । दु

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ९६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक हत्याको आरोपमा जन्मकैदको फैसला

    इलाम / माई नगरपालिका- १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको हत्याको आरोपमा ४६ वर्षीय पदमबहादुर राईलाई जन्मकैदको फैंसला सुनाएको छ । एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक पुष्पलालको हत्या गरेको आरोपमा जिल्ला अदालत इलामले पदमलाई जन्मकैदको फैसला गरेको हो । गत ७७ साल असोज २९ गते पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए । पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । मृत पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा कुकुर झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ८८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा

    बराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाको वडा नं २ स्थित जब्दि र बिष्ट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएको छ । वडाका दुई टोललाई प्लान इन्टरनेशनल र सामुदायिक समाज उथान केन्द्र सुनसरीको सहयोगमा सफा र स्वच्छक्षेत्र घोषणा गरिएको हो । सोमवार जब्दि स्थित शिवलय चौकमा एक कार्यक्रम गरेर दुई वटै टोललाई सधै सफा राख्ने प्रतिबद्धता गराउदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाकि उप- प्रमुख कमला मगरले सफा र स्वच्छक्षेत्र घोषणा गरेकी थिईन् । अनुगमनबाट टोललाई सफा र स्वच्छक्षेत्र घोषणा गरिएकाले यसरीनै बराहक्षेत्रका सवै टोललाई घोषणा गर्ने लक्ष्य लिएको बताए । उनले सफा र स्वच्छ हुन सवै टोलबासी सचेत हुनु पर्ने बताईन्

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ७२२ पटक पढिएको
    • "संगम बिष्ट"
  • तीन वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ

    इलाम/ इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई जवरजस्ती करणी गरेको आरोपमापक्राउ गरेको छ । भतिजि साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको भनि बालिकाको आमा दिएको जाहेरीको आधारमा ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ७१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साढें तीन वर्षमा ४० केजीका वालक : उपचार गर्न आर्थीक अभाव

    इलाम/ इलामको माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ घर भएका दिप्सन काफ्ले मोटो भएकै कारण विद्यालय लैजान समस्या भएको छ । साडे तीन वर्ष पुगेका दिप्सनको विद्यालय जाने समय भैसकेको छ तर मोटो भएका कारण विद्यालय जान नसकेपछि पढाईबाट समेत समस्या भएको हो । मोटो भएका कारण हिँडडुल बाहेकका अन्य व्यवहार भने अन्य बालबालिका सरहनै गर्नेगरेको परिवारको भनाई छ । तौल बढीभएकाकारण बोकेर हिडडुल गराउन समेत नसकीने अभिभावकको भनाई छ । मेलापात गरेर जीविकोपार्जन गर्दै आएका दिप्सनका बाबु सीताराम काफ्ले र निर्मला अधिकारीलाई पनि दिनदिनै छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकामा पीर छ । मोटोपन बडेको कारण परिवारले ऋणपान गरेर भएप

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ९०५ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • फुटसलको लोकप्रियता बढ्दै

    धरान/ पछिल्लो समय युवा सहित बयस्कहरुको पनि फुटसल प्रतियोगिता प्रति आकर्षित बढ्दै गएको छ ।शारीरिक, मानसिक रुपमा तन्दुरुस्त बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि सबै वर्ग आकर्षित बनेका हुन् । धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत खेलस्थान छन् । यी सबै खेलस्थानमा फुटसल खेल्नेको भीड लाग्ने गरेको छ । मैत्रीपूर्ण खेल खेल्नु पर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल स्थल आकर्षकका केन्द्र बनेका छन् । फुटबल प्रतियोगिताको सानो रुपमा लिइने फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ८६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमकबाट ६ जना जुवाडे पक्राउ

    झापा। झापाको दमक नगरपालिका–५ बाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । दमक नगरपालिका –५ दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जना नगद सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ बर्षिय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक(५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षिय राज कुमार खड्का रहेका छन् । आइतबार राती ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोल

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ७२४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किराया सुनसरीमा अध्यक्ष राजेन्द्र राई

    धरान/ किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् भने अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र १६ जना कार्यसमिति सदस्य भने सर्वसम्मत चयन भएको थियो । यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भएका राईले ४५ मत पाएका थिए । अध्यक्षमा विजयी भएका राई यसअघिको कार्यसमितिमा सचिव थिए भने पराजित भएका राई उपाध्यक्ष थिए ।उपाध्यक्षमा सुमित्रा राई र चन्द्रकला राई चयन भएका छन् भने

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ७५३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको सपिङ कम्प्लेक्सको जग्गा अलपत्र : वार्षिक करोडौं आयस्रोत गुम्यो

    धरान । धरान उपमहानगरपालिकाको मुख्य चौकमा रहेको भानुचौकको मास्तिर रहेको खाली जमिनमा अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने स्थलमा अव्यवस्थित पार्किङ बनेको छ । उपमहानगरको महत्वकांक्षी योजनाको रुपमा रहेको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स निर्माण कार्य शुरु नहुँदा सो स्थान पहाडी क्षेत्रमा कुद्ने सार्वजनिक सवारी साधन सहित निजी सवारी साधनको पार्किङ स्थल बनेको छ । सवारी साधनहरु अव्यवस्थित पार्किङ हुँदा नागरिकलाई आवतजावतमै पनि समस्या भएको छ । २०५६ सालमा धरान उपमहानगरपालिकाले भानुचौकमा रहेको ६ कट्ठा जग्गामा सपिङ कम्प्लेस बनाउने भनेर तत्कालिन सब्जी बजार र फेन्सी स्टोरका टहरा

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • १,०१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजनद्वारा वृक्षारोपण सहित अभिमुखिकरण

    धरान/ प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले वृक्षारोपण गर्दै रोपण अभिमुखिकरण तालिम दिइएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डि.एच.एम.का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यका साथ बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा अभिमुखीकरण तालिम दिइएको थियो । अभिमुखीकरणमा पवित्र नर्सरी धरानका संचालक दिवेश लिम्बुले सहजीकरण गरेका थिए ।   प्रत्येक विद्यार्थीलाई आ–आफ्नो गमला र बिरुवा ल्याएका थिए । वृक्षारोपण गरिएका विरुवाको हेरचाह पनि विद्यार्थीले आफैले

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • ८३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved