इलाम: अमला, लप्सी र मेल बिक्री नभएर गाउँभरि कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्छ । फलफूल र जडीबुटी बजारमा बिक्री नभएपछि यसबाट आम्दानी हुन्छ भन्ने आश पनि मरिसकेको थियो, तर अब गाउँका खेतबारीमा कुहिरहेका फलफूल र जडीबुटी खेर फाल्नुपर्ने छैन । इलाम सदरमुकामको अग्र्यानिक नमुना कलेक्सन कोसेली घरले अचार उद्योग सञ्चालन गरेको छ । गाउँघरमा सदुपयोग हुन नसकेका फलफूलबाट कोसेली घरले अचार बनाएर बिक्री गरिरहेको उद्योग सञ्चालक चुँडा रिजाल बताउँछन् । उद्योग नै सञ्चालन गरेर फलफूलबाट अचार बनाइन थालेपछि अब गाउँघरमा फलफूल खेर फाल्नु
इटहरी: चौध वर्षयता फलफूल बेचेर परिवारको पेट पालिरहेका इटहरी—५ का गोविन्द खनाल स्थानीय सरकारसँग रूष्ट छन् । उनले अब पसल सार्नुपर्ने भएको छ, तर कहाँ सार्ने भन्ने ठाउँको ठेगान छैन, त्यसैले उनी चिन्तित पनि छन् । गैसारका अशोक थपलिया पनि यस्तै चिन्तामा छन् । पाँच वर्षयता ठेलामा चियाखाजा बेच्ने गरेका उनको पनि अब कहाँ जाने भन्ने निश्चित छैन । छ लेन लोकमार्गले उनीहरूजस्ता दुई दर्जन फुटपाथ व्यवसायीहरूलाई उठिवास लगाउने भएको छ । सडक निर्माणले गति लिएपछि सडक क्षेत्रमा व्यवसाय गर्ने उनीहरू विस्थापित हुन लागेका हुन् । उपमहानगरले उचित र पायक पर्ने स्थानमा स्थान
धरान: सरकारले सुकुम्बासीहरूको समस्या समाधानका लागि गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको छ । आगामी असार मसान्तसम्ममा पुर्जा वितरण गरिसक्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए । त्यसै क्रममा प्रदेश १ का एक सय ३८ पालिकाहरूमध्ये ३० पालिकाहरूसँग गत मङ्सिर २२ गते विराटनगरमा सम्झौतासमेत भइसकेको छ । आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर इलाम, धनकुटा भोजपुर, झापा, मोरङ, सुनसरी र उदयपुरका स्थानीय तहसँग सम्झौता गरेको छ । ती स्थानीय तहमा जग्गा उपलब्ध गराउनुपर्ने भूमिहीन तथा सुकुम्बासीको सङ्ख्या पनि
धरान÷ धरान उपमहानगरपालिका–१६ ले धरानमै पहिलोपटक विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । १६ नं वडाले शनिबार पहिलो चरणमा वडाका ३२ परिवारलाई रासन कार्ड वितरण गरेको हो । कार्ड प्राप्त गर्ने परिवारले परिवारको सङ्ख्याका आधारमा निःशुल्क रासन प्राप्त गर्ने वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडाध्यक्ष गिरीका अनुसार दुईदेखि तीनजनासम्म सदस्य हुने परिवारले मासिक २५ केजी चामल तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले दिइनेछ भने एकजनाको परिवारलाई चामल १५ केजी तथा दाल, नुन, खानेतेल एक÷एक केजीका दरले प्राप्त गर्नेछन् । वडाका २० विपन्न परिवारका एक सयजनाको निःशुल्क स्वास्थ्य
इलाम: इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण शुरु गरिएको छ । हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट सिरक) लगाएतका सामग्री बितरण गरिने हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम समन्वयकर्ता नविन कुमार पौड्यालले जानकारी दिए । शुक्रबारबाट शुरु भएको वितरण कार्याक्रममा हालसम्म नगरका १८जनालाई सहयोग गरिसकेकोे पौडेलले बताए। करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्याक्ति तथा परिवारको न्यानो कपडा वितरण
इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् । दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे । जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ । पार्ट
इटहरी: रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब
धरान । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ । धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । बरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५
विराटनगर । प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा सुत्केरीलाई न्यानो कपडा वितरण गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको छ । ३५ जना सुत्केरी महिलाहरुलाई न्यानो ओढ्ने र पोषिलो खानेकुरा प्रदान गरिएको छ । बुधवार भएको वितरण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला, समाजसेवी ज्योती आचार्य, डा.नारायण यादव, सावित्री पुरीलगायतको सहभागी थिए ।
इलाम/ इलाममा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इलामबाट बाट झापा जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ की २६ वर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मोटर साईकलमा सवार मृतकका दुई वर्षिय छोरा सरोज आचार्य र मोटर साईकल चालक उमेस शाहा धाईते भई दुबै जनालाई उपचारको लागि झापाको वि एण्ड सी अस्पताल पठाईएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लाल ध्वज सुवेदीले बताए । मृतककोे कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल लगिएकोे र ट्रक चालक पाँचथरको ह