साढें तीन वर्षमा ४० केजीका वालक : उपचार गर्न आर्थीक अभाव

  • मंसिर २७, २०७८
  • "भगीरथ भण्डारी"
alt निर्मला अधिकारीले छोरा दिप्सनलाई अस्पताल ल्याएर घर लैजान गाडि पर्खेर बसेको । तस्वीरः भगीरथ भण्डारी

इलाम/ इलामको माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ घर भएका दिप्सन काफ्ले मोटो भएकै कारण विद्यालय लैजान समस्या भएको छ । साडे तीन वर्ष पुगेका दिप्सनको विद्यालय जाने समय भैसकेको छ तर मोटो भएका कारण विद्यालय जान नसकेपछि पढाईबाट समेत समस्या भएको हो । मोटो भएका कारण हिँडडुल बाहेकका अन्य व्यवहार भने अन्य बालबालिका सरहनै गर्नेगरेको परिवारको भनाई छ । तौल बढीभएकाकारण बोकेर हिडडुल गराउन समेत नसकीने अभिभावकको भनाई छ ।

मेलापात गरेर जीविकोपार्जन गर्दै आएका दिप्सनका बाबु सीताराम काफ्ले र निर्मला अधिकारीलाई पनि दिनदिनै छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकामा पीर छ । मोटोपन बडेको कारण परिवारले ऋणपान गरेर भएपनि भारतको सिलिगुढी र पूर्वी नेपालका थुप्रै अस्पतालहरुमा जाँच गराए । तर अस्पतालले केही अहिलेसम्म कुनै रोग छैन भनेको दिप्सनका बाबु सीताराम काफ्ले बताउँछन ।

 

! (2)

छोरा दिप्सनलाइ डोर्याएर गाडि भएसम्म लैजाँदै आमा निर्मला र बुबा सिताराम

जन्मदा साढे ३ केजीको छोराको तौल एक महिनादेखिनै अस्वभाविक रुपमा बढ्न थालेपछि विभिन्न अस्पतालमा जाँच गराउन पुर्याएको तर अहिलेसम्म केही उपचार नलागेको आमा निर्मला अधिकारी बताउँछिन । अस्पतालले रोग छैन भने पनि वालकको तौल दिन प्रतिदिन बढेको कारण डाक्टरको सल्लाह लिनका लागि इलाम अस्पताल आएका बुवा सीतारामले भने, हर्मन जाँच गर्न कान्ति बालअस्पताल काठमाण्डौं लैजानु भनेका छन्, खर्च छैन, ऋणपान गरेर अहिलेसम्म जाँच गराइयो । अब सहयोग संकलन गरेर काठमाण्डौंमा जाँच गर्न लैजाने पनि उनले बताए । अहिले सम्म छ लाख जति खर्च भईसको तर के भएको भन्ने पत्तै लाग्न नसकेको परिवारको दुखेसो छ ।

छोराको ढुक्कै हेरचाह गर्नुपर्ने र हेरचाहका लागि एकजनाले मात्र नसक्ने भएको हुँदा मेलापात गर्न पनि समस्या हुने भएकाले जीविकोपार्जनमा समेत समस्या हुन थालेको दिप्सनका आमा निर्मलाले बताउँछिन । उनी भन्छिन ‘सामान्य रुघाखोकी लाग्दा पनि सिकिस्त हुन्छ, बोकेर स्वास्थ्य चौकी लैजान सकिन्न गाडीनै चाहिन्छ, उपचारमा पनि नियमित खर्च उठिरहन्छ ।’ सामान्यः साडे ३ वर्षको बालकको तौल १४÷१५ केजीको आसपासमा हुने गर्दछ । तर, दिप्सनको भने तीन गुणभन्दा बढी तौल छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved