विराटनगर: माघको कठ्याङ्ग्रिँदो जाडोमा मोरङको दक्षिणी क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । खेत हिल्याउने, बीउ काढ्ने र रोपाहारले धान रोप्ने गरेको दृश्य अहिले मोरङको सुनवर्षी क्षेत्रमा देख्न सकिन्छ । रङ्गेली नगरपालिका-६ का मधुवनी चोक, ननकार टोल र सुनवर्षी नगरपालिका–५ को झिङ्गी टोलमा वर्षैपिच्छे माघको मध्यमा रोपाइँ हुन्छ । ती क्षेत्रका किसानलाई अहिले धान रोप्ने व्यस्तता छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा धान रोप्न महिलाहरू बिहानै मेलोतिर निस्कने गर्छन् । मानौ मुखिया धान रोप्न बिहानै देत पुग्छिन् । विगतमा पनि उनले माघमा धान रोप्ने गरेकी थिइन् । ‘मज
संखुवासभा : यहाँ निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न चार सय २९ मिटरको सुरुङमार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइएको बताइएको छ । बाँधस्थल मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा र
विराटनगर÷ सरकारले मोरङको सुन्दरहरैँचा नगरपालिकामा सरुवा रोग उपचार अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार अस्पताल शिलान्यास गरेका छन् । अस्पताल ५० शैय्याको प्रादेशिक स्तरको हुने मन्त्री ढकालले जनाए । सुन्दरहरैँचा–११ मा अस्पताल निर्माण हुनेछ । सरुवा रोगको उपचार गर्न प्रादेशिक अस्पतालको आवश्यकता महसुस भइरहेको सन्दर्भमा सुविधासहितको अस्पताल निर्माणको थालनी गरिएको मन्त्री ढकालले बताए । उनले अस्पतालबाट मोरङसहित प्रदेश १ भरिका नागरिकलाई सहयोग पुग्ने बताए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री हिक्मत कार्कीले मोरङको पूर्
इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको । केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले व
धरान: कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएस“गै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् । कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउ“दा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र ड्रेनको काम सम्पन्न भएका छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न ग
विराटनगर÷ प्रदेश १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेको लागि बैठक बस्ने जानकारी दिएको छ । माघ ७ गते करीब तीन मिनेट बसेर अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बैठक स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए । नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निक्कै महŒवका साथ हेरिएको छ । नेकपाभित्र चलेको एक समूहले अर्कोलाई कार्वाही गर्ने शृङ्खलाबीच फेरि बस्न लागेको बैठकको विषय
धरान÷ गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिने भएको छ । धरान–१८ को रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले आइतबार पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पुरस्कार घोषणा गरेको छ । सेन्टरले प्रेस युनियन, धरान नगर समितिको सहकार्यमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पु¥याएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने पत्रकारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिने सेन्टरका प
विराटनगर÷ कोरोनाविरुद्धको खोप कार्यक्रमले प्रदेश १ मा अपेक्षित गति लिन नसकेको देखिएको छ । भारत सरकारको अनुदानमा नेपाल सरकारले प्राप्त गरेको कोभिसिल्ड खोप लगाउन माघ १४ गते सुरु गरिएको हो । पहिलो खोप लगाएपछि दोस्रो खेप लगाउने सरकारको तयारी छ । उद्घाटन कार्यक्रमकै दिन प्रदेश सरकारले २८ हजारभन्दा धेरैलाई खोप लगाइने घोषणा गरेको थियो तर योजनाअनुसार खोप अभियान अघि बढ्न नसकेको देखिन्छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार २८३ जनाले खोप लगाएका छन् । प्रदेश १ मा खोप कार्यक्रम सुरु भएको आइतबार पाँच दिन भएको छ । मन्त्रालयको आँकडाअनुसार सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोर
विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो १९ औ वार्षिक उत्सव मनाएको छ । शुक्रबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानीय वुद्धिजीवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामीण जनताका लागि बहुमुल्य निधिका रुपमा रहेको पोलिटेक्निकबाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए । कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् । उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना
धनकुटा÷ प्रायः मानिसहरु सेवा सुविधाको सहज उपभोगको हिसाबले गाउँबाट शहर बसाई सर्ने गर्दछन् । तर धनकुटाको छथर जोरपाटीमा मानिसहरु उल्टो शहरबाट गाउँ बसाई सर्न थालेका छन् । बसाई सराई रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि जिल्लाका नगर र अन्य जिल्लाहरुबाट गाउँमा कृषि खेती गर्न बसाई आउन थालेका हुन् । गत आर्थिक बर्ष २०७६÷०७७ बाट गाउँपालिकाले बसाई सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम शुरु गरेको थियो। उक्त कार्यक्रम सञ्चालनमा आएपछि गत बर्ष जिल्लाका तीन नगरपालिका छाडेर आधा दर्जन भन्दा बढी परिव