धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् ।
कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह सँग समन्वय तथा सहकार्यमा फुटपाथ व्यवस्थापन र पार्किङ व्यवस्थापन, चौथो दिन चालक परिचालक प्रशिक्षण, पाचौं दिन विद्यालय तथा सार्वजनिक सवारी साधनको भिडभाडहुने स्थानमा सचेतनामुलक कार्यक्रम, छैठौं दिन जिल्ला भरी स्वास्थ्यकर्मी तथा मेकानिकको उपस्थितीमा सवारी चालकको स्वास्थ्य चेकजाँच तथा यान्त्रीक अवश्थाको चेकजाँच, र सातौं दिन सप्ताहको समिक्षा सहित अन्तरक्रिया हुने भएको छ ।
सात दिन सम्म चल्ने ट्राफिक सप्ताहमा सबैको उपस्थितीका लागि कार्यालयले आग्रह गरेको छ ।