दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह

  • पुस २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण अभियान सफल बनाउन जिल्ला ट्राफिक कार्यालय सुनसरीले ट्राफिक सप्ताहको तयारी पुरा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा हुने ट्राफिक सप्ताहलाई सफल बनाउन तयारी गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार पुष ४ गते देखि धरानका विभिन्न स्थानमा ट्राफिक सप्ताह अन्तर्गत कार्यक्रम हुने भएका छन् ।
कार्यालयका अनुसार पुष ४ गते धरान १२ स्थित पब्लिक स्कुलबाट ¥याली सहित भानुचौंकमा पुगेर सप्ताहको उदघाटन हुने भएको छ । दोस्रो दिन सचेतनामुलक पर्चा पम्प्लेट वितरण, तेस्रो दिन स्थानीय तह सँग समन्वय तथा सहकार्यमा फुटपाथ व्यवस्थापन र पार्किङ व्यवस्थापन, चौथो दिन चालक परिचालक प्रशिक्षण, पाचौं दिन विद्यालय तथा सार्वजनिक सवारी साधनको भिडभाडहुने स्थानमा सचेतनामुलक कार्यक्रम, छैठौं दिन जिल्ला भरी स्वास्थ्यकर्मी तथा मेकानिकको उपस्थितीमा सवारी चालकको स्वास्थ्य चेकजाँच तथा यान्त्रीक अवश्थाको चेकजाँच, र सातौं दिन सप्ताहको समिक्षा सहित अन्तरक्रिया हुने भएको छ ।
सात दिन सम्म चल्ने ट्राफिक सप्ताहमा सबैको उपस्थितीका लागि कार्यालयले आग्रह गरेको छ ।

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved