चिसोमा भक्काको ब्यापार बढ्यो

  • पुस २, २०७८
  • "फणिन्द्र तिम्सिना"
alt

धरान/ पुष माघको जाडो शुरु भए सँगै गाउँघरमा हरेक बिहान तथा साँझ पर्न थाले पछि भक्का खानेको लाइननै हुन्छ । चामलको पीठोलाइ बाफद्वारा बनाइएको भक्का चटनी वा चियासँग खानुको मज्जा नै बेग्लै हुन्छ ।
भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ । आदिवासी समुदायको विषेश खाजाको रुपमा लिइने भक्का अहिले पुर्वी तराई क्षेत्रमा लोकप्रिय खाजाको रूपमा लिइन्छ । बच्चा देखि बृद्धसम्मले खान मिल्ने भक्का माटोको भाँडो प्रयोग गरि बटुका आकारमा बनाइन्छ । आदिवासी समुदायमा महिलाले बनाउने सँस्कृति भए पनि अहिले अधिकांश ठुला ठुला शहर तथा रेस्टुरेन्टमा भक्काको व्यपार हुन थालेको छ ।

विदेशी खाजाले बजार छोपिरहेको अवश्थामा भक्का नेपाली बजारमा निकै नै लोकप्रिय बनेको छ । नेपाली परिकारका रुपमा भक्कालाई प्रवद्र्धन गर्न सके खाजाको विकल्प हुने स्थानीय बताउँछन् । भक्काको स्वाद र यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यका लागि समेत लाभदायी रहेको छ । भक्काको वैज्ञानिक खोज तथा अनुसन्धान गर्न सके अन्तरराष्ट्रिय बजारमा पहिचान पाउने सम्भावना रहेको स्थानीय गोविन्द पौडेल बताउँछन् ।

थोरै पूँजी र सामान्य भाँडाकुँडाबाटै भक्का बन्ने भएकाले व्यापार निकै फाइदाजनक रहेको उनको भनाई छ । पुर्वका तराई क्षेत्रका मुख्य शहरहरु धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड, इलाम लगायतका स्थानमा सयौँको संख्यामा भक्का बनाएर बेच्ने साना पसल चलेका छन् ।

सय डिग्री सेल्सियसको तापक्रममा उम्लिएको पानीको बाफमा उसिनेर पकाइने भक्का शुद्ध, अर्गानिक र स्वास्थ्यको लागि समेत राम्रो रहेको व्यवसायी फुलसरी चौधरीले बताईन । धरान १६ की विकास टोलकी कुन्ती चौधरीका अनुसार १ हजार देखि १५ सय सम्मको भक्का बिक्री गर्दै आएको बताईन ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved