प्रदेश १ मा ओमिक्रोनको जोखिम बढ्यो: सीमामा कडाई, संक्रमण रोक्न निषेधाज्ञासम्मको तयारी

  • पुस १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ प्रदेश १ मा कोरोना संक्रमितको संख्या घटेको छ । मंगलबार जम्मा १३ जनामा मात्र संक्रमित थपिएका छन् । लक्ष्यण देखिएकाहरुमा हुने परीक्षण दर घट्दा संक्रमित थपिने संख्यासमेत कम देखिएको छ । तर, चिकित्सकहरुको अनुमानअनुसार दोस्रो लहरको अन्तिम बिन्दुमा पुग्दा पुरानो भेरियन्ट डेल्टाको कारण हुने संक्रमण घटेको देखिन्छ । तर, यहीबेला नयाँ ओमिक्रोनको भेरियन्टको जोखिम भने ह्वात्तै बढेको उनीहरुको भनाई छ ।

कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण ओमिक्रोन छिमेकी देशहरुमा समेत आईसकेकोले खुला सिमाना भएको नेपाल जस्तो मुलुकका लागि चुनौतीपूर्ण भएको बताउँछन् । “हामीले बेलैमा सचेतना नअपनाउने हो भने धेरै जोखिम हुन सक्छ,” उनले भेन, “सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालनमा ध्यान नदिएको पाइन्छ । यसमा हेलचेक्र्याईं गर्नु हुँदैन ।”
प्रदेश १ मा अहिले सक्रिय संक्रमितको संख्या ११७ छ । हालसम्म २ लाख ७३ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा कोरोनाबाट २ हजार १८७ जनाको मृत्यु भएको छ । मंगलबार प्रदेश १ भर जम्मा ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको थियो ।

दोस्रो लहरमा अधिक रुपमा डेल्टा भेरियन्टको संक्रमण देखिएको बताउने चिकित्सकहरु नयाँ भेरियन्टको जोखिम झन् धेरै भएको सुनाउँछन् । यही तथ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले भारत सिमावर्ती नाकाहरुमा हुने आउजाउमा स्वास्थ्य निगरानी गर्न शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमाबाट नेपाल आउने मानिसहरुको स्वास्थ्य परीक्षणलाई बढाइएको बताएका छन् । विराटनगर महानगरपालिकाले जोगबनी–रानी नाकामा हेल्थडेस्क स्थापना गरी कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

भारतबाट आउने शंकास्पद मानिसहरुको एन्टीजेन परीक्षण गर्ने र पोजेटिभ आए अवस्था हेरेर भेडेटार घुम्न आएकी सम्झना बुढअस्पताल वा आइसोलेसनमा पठाउने व्यवस्था मिलाइएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । ओमिक्रोन भेरियन्टको जोमिखलाई हेरेर प्रशासनले निषेधाज्ञा लगाउनेसम्मको तयारी गरेको छ । यसअघि स्थानीय तहको समेत रायसल्लाहमा प्रशासनले निषेधाज्ञा लगाई बजार बन्द गर्ने, आउजाउमा कडाई गर्ने र सीमामा कडाई गर्ने गरेको थियो । यो पटक पनि छिमेकी भारतमा संक्रमणको अवस्था हेरेर यता पनि तयारी थालिएको बताइएको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved