धरान । कोशी सम्झौता अनुसार भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा टापु क्षेत्र बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गर्ने गरेको छ । सप्तकोशीको बाढीले जमिन कटान गर्दा श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् । सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय संन्तोष चन्द्रवशीले बताए उनले भने–‘ बस्ती जोखिममा पर्दै गएका छ कटान नियन्त्रण गरि बस्ति संरक्षण नगरे भविष्यमा ठूलो क्षति भोग्नुपर्ने अवस्था आउन सक्छ ।’ पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ति जोगाउनै समस्या पर्न
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा बीपी सुधारको माग राख्दै आन्दोलन हुने गरेका छन् । कहिले बीपीका कर्मचारी, चिकित्सकहरुले आन्दोलन गर्छन् भने कहिले बीपीसंग सरोकार राख्नेहरुले आन्दोलन गर्ने गर्छन् । तर कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडिएको छ । यही विषयमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण सम
इटहरी/ कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउँनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्ष अघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरि दिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘ पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’ गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सुन्दरहरैँचा वडा नं. ६ का चन्द्रप्रकाश भट्टराईसँग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्
धरान/ प्रदेश नं. १ मै महत्वकांक्षी रुपमा लिएको सर्दु करिडोरको काम शुरु भएको छ । सर्दुले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्दै आकर्षक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ यो महत्वकांक्षी योजना अगाडि सारिएका हो । परियोजना निर्माण भएपनि सर्दु किनाराको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने, आसपासमा रहेका ७ सय घर धुरी र १४ हजार सर्वसाधारण लाभान्वित हुने बताइएको छ । सर्दु करिडोरको शिल्यान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २ गते गरेका थिए । उद्घाटनका समयमा उनले बाध नियन्त्रण गर्नेमात्र उद्देश्य नभई, फराकिलो सडके, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जा
धरान। सरकारले केही समय अघिदेखी आइतबार दिँदै आएको विदालाई कटौटी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सरकारको उक्त निर्णयको आलोचना भइरहेको बेला सरकरले आफ्नो पुरानो निर्णय फिर्ता लिने भएको हो ।
धरान । धरानका युवा व्यवसायीहरुले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । धरान १ मा रहेको जनता ग्यारेजका सञ्चालक सुदिप राई र अमित साहले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । धरान उपमहानगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद आचार्य (द्वारिका) को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ पाउन्ट रगत संकलन भएको थियो । रगतको अभावमा विरामीले तड्पिनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक अमित साहले बताए । उनले भने–‘थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ, गत बर्ष पनि हामील
धरान । आइतबार विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाइयो । धरानमा समेत विभिन्न संघ संस्थाले एक दिन व्यस्त सहर बजार सरसफाइ गरेर मनाए । वास्तवमै भन्ने हो भन्ने विश्व वातावरण दिवस व्यवहारिक भन्दा पनि औपचारिकतामात्र सीमित हुने गरेको छ । यसलाई व्यवहारिक रुपमा उतार्ने काम गरिएको छैन । धरानमा भने फोहोरबाट सिओजी ग्यास उत्पादन गरेर व्यवहारिक रुपमै वातावरण स्वच्छ राख्ने प्रयास भएको छ । लामो समयदेखि निर्माणाधीन धरानको फोहोर प्रशोधन केन्द्रबाट बायो ग्यास उत्पादन शुरु गरिएको छ । धरान ६ पानबारीमा सञ्चालन भएको सो केन्द्रबाट फालिएको फोहोरबाट ग्यास उत्पादन गरेर वातावर
धरान । बर्षाद् लागेसँगै विराटनगर महानगरपालिका डुबानमा पर्ने गरेको छ । बर्षा लाग्नु अगावै डुबानको समस्याबाट मुक्त हुन उपमहानगरपालिकाले पूर्व शतर्कता अपनाउन थालेको छ । यसै क्रममा महानगरपालिकाले नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको छ । यसपटकको वर्षामा विराटनगरलाई डुबानमुक्त बनाउने लक्ष्यका साथ नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको महानगरले जनाएको छ । पहिलो चरणमा ठूला नाला सफा गर्ने र त्यसपछि साना नाला सफा गर्ने गरी काम सुरु गरेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले वर्षा सुरु हुनु अगावै विराटनगरका सबै नाला सफा गर्न दिर्नेशन दिएका छन् । उनले नाला सफा गरिरहेको स्थलमै पुगेर निरीक्षणसमेत गरे
धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन । केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकास
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठ