मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर
धरान/ ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनु
सुनसरी । यस वर्षको मनसुन सुरु भएको पहिलो सातामै देशभर बाढी पहिरोमा परि १५ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न ठाउँमा बाढी पहिरोमा परि ४ दिनमा बाढी पहिरोमा परेर १५ जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर मृत्यु भएका छन् । बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ भने डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु
विराटनगर । मोरङमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा एक जना युवकको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित हर्चनगडीमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा आक्रमणका परी २० वर्षीय मनोहर मियाँको मृत्यु भएको हो । शुक्रबार बिहान ६ बजेतिर बस्तीमा हात्ती आएपछि फोटो खिच्न जाँदा मिया आक्रमणमा परेका थिए । इलाका प्रहरी कार्याल्य रंगेलीका अनुसार भारती क्षेत्रबाट जंगली हात्ती बिहान ५ बजे नै नेपाली भूभागतर्फ आएको थियो । प्रहरी निरिक्षक अनमोल खड्काका अनसार मियाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
वराहक्षेत्र । कोरेना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले चतराधाम स्थित जगत गुरु पिठ क्षेत्रमा सेनिटाइज गरिएको छ । वराहक्षेत्र १ स्थित पिठ क्षेत्रमा नेपाली कांग्रेस मार्फत सेनिटाइज गरिएको हो । प्रदेश नं १ कै प्रसिद्ध तिर्थ स्थलको रुपमा रहेको जगद गुरु पिठमा वटुक , बुद्धहरु समेत बस्ने र मानिसहरुको चहल पहल समेत हुने भएकाले पिठ सेनिटाइज गरेको सेनिटाइज अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ का सचिब रमेश कार्कीले बताए । संयोजक कार्कीका अनुसार पिठलाई ५० केजि आलु तथा सेनिटाइजर र माक्स समेत प्रधान गरिएको थियो । सेनिटाइजसंगै नेपाली कांग्रेसका नेताहरु नेपाल महिला संघ केन्द्रीय सद
झापाः झापामा घाँटी बाँधेर एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बू ९लिङ्देन०को मङ्गलबार राति हत्या भएको हो । आफ्नै साथी ५६ वर्षीय शुक्रराज लिम्बूले घाँटीमा क्र्याक ब्यान्डेजले बाँधेर हत्या गरेको खुलेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको उनको भनाइ छ । स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले
धरान । छिमेकीको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी एक दलित महिलालाई आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको छ । एक महिना अघि छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरे पछि मानसिक सन्तुलन गुमाएकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जी १२ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी छिन् । मानसिक अवश्थामा अझै पनि सुधार आउन सकेको छैन् । चिसाङ खोलामा गिटि कुटेर जिविकोपार्जन गर्ने उनको परिवारको आर्थिक अवश्था कमजोर रहेकाले थप उपचारमा कठिनाई बढ्दै गएको शोभाकी आमा देवी दर्जीले बताईन् । उमेश तामाङ सँग अन्तरजातीय विवाह गरेकी शोभा ३ महिनाको गर्भवती छिन्
उदयपुर । अवैध हतियार सहित द्वन्दकालमा माओवादी लडाकु समेत रहेका जनता समाजवादी उदयपुरका जिल्ला सदस्य प्रशुराम चौधरी पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षिय चौधरीलाई अटोमेटिक मेड इन युएसए लेखिएको १ थान पेस्तोल सहित ९ एमएम लाग्ने ५ राउण्ड गोलि सहित उदयपुर जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको हो । चौधरीकी कान्छी श्रीमती श्याम कुमारी चौधरीको घरमा अवैध हतियार लुकाई राखेको भन्ने सुचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । उनको साथबाट ८ ठेली चन्दा रसिद समेत फेला पारेको छ । अवैध चन्दा असुलीमा समेत सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ । उनी द्वन्दकालमा नेकपा माओवादीको
विराटनगर । प्रदेश १ मा दैनिक कोरोना संक्रमणको संख्या चार सयभन्दा कम हुन थालेको छ । संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या पछिल्लो दुई सातायता बढ्न थालेको हो । बुधबार १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएकामा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । बुधबार परीक्षण गरिएकामध्ये मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मंगलबार प्र
संखुवासभा। संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ । त्यस्तै सोही घटनामा परी १ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् । बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए ल