चियाको उत्पादन र बजारीकरणमा ध्यान दिन सुझाव

  • जेठ २२, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन ।

केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकासका लागि स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताएका हुन ।

इलामको तिन जुरे चिया सहकारी संस्थाका रिताकान्त खनालले सरकारले विनियोजन गरेको बजेटमा चिया नदेखेको भन्दै स्थानीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए । सरकारले कृषि र नगदे बालीमा बजेट विनियोजन गरे पनि चिया कृषि र नगदे दुवैमा नपर्दो रहेछ भन्दै उनले भने ‘इलामको अधिकांश ठाउँमा हुने चियाको गुणस्तर र बजारीकरण गर्न स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्ने बताए ।’ बजारमा रासायनिक मलको प्रयोग गरेर उत्पादन भएको थियो र अर्ग्यानिक चियाको मूल्य पनि एकै रहेको हुँदा अर्ग्यानिक चिया किसान मारमा परेको बताए । उनले ‘रसायानीक मलको प्रयोगले छिटो चिया उत्पादन गर्न सकिने र अर्ग्यानिक मलको प्रयोगबाट चिया कम र ढिलो उत्पादन हुने हुँदा किसान मारमा परेको गुनासो गरे ।’

इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दहाल लिम्बुले आगामी बजेट विनियोजनका लागि विज्ञहरूसँग बसेर छलफल गर्ने बताइन । चियाको क्षेत्रमा चियाबाट फाइदा लिन नसकिरहेको अवस्था छ भन्दै उनले ‘अहिले सम्म चिया किसान उक्सिएको अथवा जिल्लामा नपाएको अवस्थामा चियाको क्षेत्रलाई अघि बढाउन आफू सक्दो सहयोग गर्ने बताइन । जिल्लामा पछिल्लो समय कफी खेतीमा पनि किसानको आकर्षण रहेको भन्दै त्यसको बजारीकरण पनि चियाको जस्तो भयो भने समस्या आउने भएको कारण खेती गरेर मात्र नहुँने भन्दै बजारीकरणमा चासो राख्नुपर्ने लिम्बुको भनाई छ ।
रत्नकुमार पोलि टेक्नीकल इन्स्टिच्युट इलामका प्रमुख दीपक खनालले दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक तालिम दिनको लागि सहकार्य गर्न संस्था सधैँ तत्पर रहेको भन्दै तालिम पश्चात् त्यसलाई व्यवहारिक बनाउन आग्रह गरे ।

केन्द्रीय चिया सहकारी संघले उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन १८ जिल्लामा ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ सञ्चालन गरिरहेको छ । युरोपेली संघको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन भएको परियोजनाले चिया उत्पादन हुने जिल्लाहरू इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुर, नुवाकोट, बागलुङ, खोटाङ, सप्तरी, सुनसरी, मुगु र सोलुखुम्बुमा सञ्चालन गरेको हो  । परियोजनाद्वारा सञ्चालित तालिम इलाममा आठ, पाँचथरमा दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक÷एक वटा स्थानमा सञ्चालन भएको छ  । १५ महिना अवधि रहेको सीप विकास तालिमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको केन्दीय चिया सहकारी संस्थाका अध्यक्ष हर्क बहादुर तामाङले बताए । तीन सय जनालाई तालिम दिने उद्देश्य राखिएपनि एक सय ८९ पुरुष र एक सय एक महिला गरी दुई सय ९० जनालाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved