विराटनगरको विकासमा सहयोगी बन्न लायन्सलाई मेयरको आग्रह

  • जेठ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् ।

लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठिन छ,’ उनले भने, ‘लायन्स क्लबजस्ता सामाजिक संस्थाको सहयोग गरेमा पक्कै विराटनगरवासीले सोचेजस्तो महानगर बन्नेछ ।’ लायन्स क्लबले विगतदेखि नै वृक्षारोपण, दैवीप्रकोप, विद्यालयको भौतिक संरचना निर्माणलगायतमा काम गर्दै आएको स्मरण गरे ।

त्यस्तै उमेयर शिल्पा निराला कार्कीले लायन्सले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा प्रशंसा गरिन् । उनले विराटनगरलाई हरियाली र सुन्दर बनाउन लायन्स क्लबजस्ता सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताइन् । उपमेयर कार्कीले विकास र समृद्धिका लागि महानगर हरेक क्षेत्रसित सहकार्य गर्न तयार रहेको प्रस्ट पारिन् । ‘तपाईंहरू प्रस्ताव लिएर आउनुहोस् विराटनगरको विकासका लागि महानगर त्यसमा सहकार्य गर्न तयार छ,’ उनले भनिन्, ‘सडकको सौन्दर्यकरणमा पनि काम गर्न सकिन्छ मिलेर ।’ त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान काउन्सिल चियर पर्सन राजन खत्रीले लायन्स क्लबले विगतदेखि नै सामाजिक कार्य गर्दै आएकाले महानगरसित सहकार्य गरेर विराटनगरको विकासमा केन्द्रित हुन तयार रहेको जानकारी दिए ।

उनले विगतमा भूकम्प, बाढीपहिरो, कोभिडलगायतका समस्यामा पनि लायन्सले महत्वपूर्ण कार्य गरेको उल्लेख गरे । लायन्स क्बलका पूर्व डिष्ट्रिक गभर्र्नर लीला ढुंगेलले पनि महानगरसित साझेदारी गरेर विराटनगरको विकासमा लागि पर्ने प्रतिबद्धता जनाए । सो अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीका द्वितीय भाइस गभर्नर विकास अधिकारी, क्लबकी एरिया प्रमुख अनुजा कोइराला, प्रशिक्षण विभाग प्रमुख डा. सन्देश दास श्रेष्ठलगायतले महानगरको विकासको यात्रामा हातेमालो गर्न तयार रहेको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved