धरान । धरानका युवा व्यवसायीहरुले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
धरान १ मा रहेको जनता ग्यारेजका सञ्चालक सुदिप राई र अमित साहले नेपाल रेडक्रस सोसाइटी सुनसरीसँग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
धरान उपमहानगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष यज्ञप्रसाद आचार्य (द्वारिका) को प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ पाउन्ट रगत संकलन भएको थियो । रगतको अभावमा विरामीले तड्पिनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक अमित साहले बताए । उनले भने–‘थोरै भएपनि सहयोग पुगोस् भनेर हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौ, गत बर्ष पनि हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।