धरानमा ग्यास भरेका टेम्पो सञ्चालन हुन थाले: वातावरण प्रदुषण रोक्न सहयोग पुग्ने अपेक्षा

  • जेठ २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । आइतबार विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाइयो । धरानमा समेत विभिन्न संघ संस्थाले एक दिन व्यस्त सहर बजार सरसफाइ गरेर मनाए ।

वास्तवमै भन्ने हो भन्ने विश्व वातावरण दिवस व्यवहारिक भन्दा पनि औपचारिकतामात्र सीमित हुने गरेको छ । यसलाई व्यवहारिक रुपमा उतार्ने काम गरिएको छैन । धरानमा भने फोहोरबाट सिओजी ग्यास उत्पादन गरेर व्यवहारिक रुपमै वातावरण स्वच्छ राख्ने प्रयास भएको छ ।

लामो समयदेखि निर्माणाधीन धरानको फोहोर प्रशोधन केन्द्रबाट बायो ग्यास उत्पादन शुरु गरिएको छ । धरान ६ पानबारीमा सञ्चालन भएको सो केन्द्रबाट फालिएको फोहोरबाट ग्यास उत्पादन गरेर वातावरण स्वच्छ बनाउने हो । धरानको फोहोर व्यवस्थापनसंगै उपमहानगरपालिकाले माहोर कमाउने उद्देश्यले शुरु गरिएकोे केन्द्रबाट ग्यास उत्पादन हुन थालेको हो । उत्पादन भएको ग्यास तीन पांग्रे सवारी साधन टेम्पोमा पेट्रोलको विकल्पमा प्रयोग गर्न थालिएको छ ।

धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाले पछि टेम्पो ग्यासबाट चल्छ । हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफल स्टेसन ्राखिएको छ । केन्द्रका निर्देशध जेनिस श्रेष्ठले पेट्रोलभन्दा सस्तो र वातावरण पर्यावरण स्वच्छ राख्न सहयोग पुग्ने बताए । उनले भने–‘वातावरण प्रदुषणबाट मुक्त हुनेमात्र हैन पेट्रोलभन्दा सस्तो पनि पर्छ ।’

भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको छ । केन्द्रले धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

पूदूषणमुक्त हुने मात्र हैन पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको समयमा यो सहज समेत भएको टेम्पो चालकहरु बताउछन् । टेम्पो चालक टंकबहादुर योङहाङले पेट्रोल भन्दा धेरै सस्तो पर्ने बताए । तर उकालोमा भने केही समस्या भएको उनले बताए । उनले भने–‘ग्यासबाट सञ्चालन हुँदा टेम्पोको तान भने कम हुने रहेछ, उकालो बाटोमा भने केही समस्या हुन्छ ।’

कम्पनीले पानवारीमा १ बिघा २ कट्टा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएसगँै धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्ने निर्देशक श्रेष्ठ बताउछन् । दैनिक जसो ४ सय देखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको उनले बताए ।

औपचारिक रुपमा वातावरण दिवस मनाउनुभन्दा व्यवहारिक रुपमा वातावरण स्वच्छ राख्ने उद्देशयले यस्ता वायो ग्यास उत्पादन गरेर सहरलाई धुवारहित बनाएर वातावरण प्रदुषणबाट रोक्ने हो भने वातावरण दिवसको सातर्कता हुने सर्वसाधारणको भनाई छ । । विश्व पर्यावरणा प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । दिवसलाई भन्दा पनि वातावरण प्रदुषण गर्ने रोक्ने खालका प्रभावकारी कार्यक्रमलाई अगाडि बढाउन सके वातावरण दिवसको शातर्कता बढेर जाने सर्वसाधारणको भनाई छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved