विराटनगरको नाला सफाइमा मेयर कोइरालाको चासो : वर्षा सुरु हुनुअगावै सबै नाला सफा गर्न निर्देशन

  • जेठ २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । बर्षाद् लागेसँगै विराटनगर महानगरपालिका डुबानमा पर्ने गरेको छ । बर्षा लाग्नु अगावै डुबानको समस्याबाट मुक्त हुन उपमहानगरपालिकाले पूर्व शतर्कता अपनाउन थालेको छ ।

यसै क्रममा महानगरपालिकाले नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको छ । यसपटकको वर्षामा विराटनगरलाई डुबानमुक्त बनाउने लक्ष्यका साथ नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको महानगरले जनाएको छ ।

पहिलो चरणमा ठूला नाला सफा गर्ने र त्यसपछि साना नाला सफा गर्ने गरी काम सुरु गरेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले वर्षा सुरु हुनु अगावै विराटनगरका सबै नाला सफा गर्न दिर्नेशन दिएका छन् । उनले नाला सफा गरिरहेको स्थलमै पुगेर निरीक्षणसमेत गरेका छन् । मेयर कोइरालाले कार्यस्थलमै रहेका सरसफाई शाखाका प्रमुख हिरालाल यादवलाई जतिसक्दो चाँडो महानगर क्षेत्रका सबै नाला सफा गर्न निर्देशन दिएका हुन् । ‘अरु म केही जान्दिन वर्षा सुरु हुनु अगाडि नै विराटनगरका सबै नाला सफा हुनु प¥यो,’ मेयर कोइरालाले भने, ‘यसपटक पूरै नसके पनि डुबान समस्या आधा कम गर्ने लक्ष्य छ, अर्को वर्ष स्रोत साधन जुटाएर महानगरवासीलाई सधैंका लागि डुबानबाट मुक्त गर्ने योजना छ ।’

कोइरालाले चुनावी घोषणापत्रमै आफूले विराटनगरलाई डुबानमुक्त गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै यसपटक विराटनगरवासीले विगतमा जस्तो डुबान समस्या व्यहोर्न नपर्ने प्रस्ट्याए । हरेक वर्ष बाढी र डुबानका कारण विराटनगरवासी पीडित हुँदै आएका छन् । विराटनगरको वडा नम्बर ६ स्थित केशलिया रोडको नाला सफा गरिएको छ । नाला सरसफाई सुरु भएपछि स्थानीयवासीसमेत खुसी देखिएका छन् । विराटनगरलाई डुबानमुक्त बनाउन महानगरले सुरु गरेको कार्य प्रशंसनीय रहेको उनीहरूको भनाइ छ । उनीहरूले विराटनगरका सबैजसो वडामा नाला सफा गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर–६ का स्थानीय भोला यादवले महानगरले वर्षायाम सुरु हुनु अगाडि नै नाला सफा गर्नु सकारात्मक भएको प्रतिक्रिया दिए । ‘विगतमा वर्षा सुरु भएपछि मात्रै नाला सफा गरिन्थ्यो, तर यसपटक वर्षा सुरु हुनुभन्दा अगाडि नै नाला सफा गर्न सुरु गरिएको छ,’ उनले भने, ‘क्षति भइसकेपछि राहत र उद्धारमा जुट्नुभन्दा समस्या आउनै नदिनु उचित हुन्छ ।’

गत वर्ष कात्तिक अन्तिम साता आएको बाढीले विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको थियो । त्यसभन्दा दुई वर्ष अघि पनि बाढी र डुबानका कारण विराटनगरका विभिन्न वडा डुबानमा परेको थियो । विशेष गरी केशलिया र सिंघियाको बाढी पस्दा विराटनगरका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved