विराटनगर । प्रशासनले विगत लामो समयदेखि लगाएको निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ । प्रदेश १ का तीन जिल्लाका प्रमुख तीन सहरमा संक्रमण केन्द्रित भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढ्न थालेको छ । अहिले प्रमुख बजार खुला छन् । सार्वजनिक तथा निजी सवारी साधन खुला भएका छन् । खासगरी प्रदेश राजधानी विराटनगरमा विगत दुई सातायता संक्रमितको संख्यामा तुलनात्मक कमी आएको छ । तर, सुनसरीको धरान र इटहरी तथा झापाको बिर्तामोड सहरमा संक्रमितको संख्या बढ्दो क्रममा पुगेको छ । पहिले दैनिक तीन सयभन्दा बढी
धरान । झापा दमक नगरपालिका(७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक-६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण वहादुर राईको घरमा ठुलो रकम
धरान । जग्गाको सिमाना विवादमा दाजुलाई पेस्तोल देखाउने भाईलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका ५ का विद्यानन्द यादवलाई पेस्तोल देखाएर धम्काउने उनकै भाई इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । जग्गाको सिमाना विवादमा इन्द्रदेवले पेस्तोल देखाएको भन्दै विद्यानन्दले प्रहरीमा उजुरी गरेका थिए । इलाका प्रहरी कार्यालय लौकहीको टोलिले एक राउण्ड गोलि सहित कटुवा पेस्तोल बरामद गरेको छ । विद्यानन्दको घर देखि अन्दाजी ३ सय मिटर पुर्वमा रहेको एक रुखको फेदमा प्लाष्टिकले बेरेर राखेको अवश्थामा पेस्तोल फेला पारेको थियो । उनीहरु दुवै जनालाई हातहतियार खरखजाना सम्बन्धि मुद्धा दर्ता गरि अनुसन्ध
इलाम/ सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । अभियुक्तलाई सोमबारनै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख
धरान/ विगत दुई वर्ष देखिको कोरोना महामारीका कारण धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम धार्मिक मेला हुन सकेका छैनन् । यस वर्ष पनि कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि मेला नलाग्ने भएको छ । विगत ४० वर्ष देखि साउन महिनामा बोलबंम मेला लाग्दै आएको धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा कोरोनाको महामारी शुरु भए सँगै मेला बन्द गरिएको छ । निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर बढ्दै गएकाले यस वर्ष पनि बोलबंम मेला नलगाउने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए । वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने
धरान । केहि दिन अघिको वर्षाले विष्णुपादुका क्षेत्रका डाँडाहरु भासिन थाले पछि राष्ट्रिय गौरबका योजनाहरु सहित पर्यटकीय पुर्वाधार पनि जोखिममा परेको छ । विष्णुपादुका २० हुँदै विस्तार गरिएको २ सय २० केभि प्रसारण लाईन अन्तर्गतको चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर जोखिममा परेको हो । टावर राखिएको क्षेत्र भासिनुका साथै पहिरोको जोखिममा परेको छ भने पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एडभेञ्चर पार्क पनि जोखिममा परेको छ । पार्कका संचालन बासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जान लागेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखि
धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै
विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नौ दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्थानीइ पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङकको टोलीले पक्राउ गरेको हो । शुक्रबार राति १० बजे दाजु भोला सिंहलाई चक्कुले रोपेर हत्या गरेको प्रहरीको भनाई छ । साजनलाई राति नै प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका क्रममा ४२ वर्षीय दाईलाई चक्कु हानेको र शरीको विभिन्न ठाउँमा गहिरो चोट देखिएको प्रहरीको भनाई छ । पहिले कुटपिट गरेको र चक्कु हानेपछि राति ११ बजे भोलाको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान
इटहरी/ लामो समय देखिको नेतृत्व बिवाद सतहमा पुग्दा पनि कुनै सहमति हुन नसकेपछि अन्ततः होटल व्यवसाय संघ इटहरी दुइ टुक्रामा बिभाजन भएको छ । यस अघि इटहरीका युवा व्यवसायी जिवन पराजुलीले नेतृत्व गर्दै आएका होटल व्यवसायी संघ अहिले टुक्रिएर अर्काे समिति गठन भएको हो । पराजुलीको कार्यकाल तिन महिना अघि नै सकिए पनि नेतृत्व बिवाद टुंगो लगाउन नसक्दा रूस्ट बनेका अर्का पक्षले होटल तथा लज व्यवसायी समिती इटहरी गठन गरेका छन । युवा व्यवसायी उमेश नाथ दाहालको अध्यक्षतामा होटल तथा लज व्यवसायी समिती इटहरी गठन भएको हो । दाहालको नेतृत्वमा रहेको समितिमा १६ सदस्य रहेका छन । यसरी गठन भएको समिति अन्तरगत वरिष्ठ उपाध्यक
विराटनगर । प्रदेश नं १ को छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । (सोमबार) हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको