जताततै अनुगमन अधिकांश पसलमा म्याद गुज्रेका खाद्य वस्तु फेला

  • श्रावण २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा बुधबारदेखि बजार अनुगमन सुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो ।

उनीहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले अनुगमनका क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरेको पाइएको बताए । उनले भने ‘हामीले अनुगमनका क्रममा व्यवसायीहरुले धेरै फल्ड गरेको भेट्यौ, पहिलो पटक हामीले सचेत गराएका छा्रै, पुन ः अनुगमन गर्दा सुध्रिएको नपाए हामी कारबाही अगाडि बढाउछौं ।’

उनले धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत यो बुधबार अनुगमन सुरु गरिएको बताए । उनले धेरै पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको बताए । उनले भने–‘अनुगमनका क्रममा धेरै पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पायौ, अधिकांश किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको पाइयो, हामीले उनीहरुलाई सचेत गराएका छौं ।’ उनले माछा भौडीमा राखिएका मासु पसलमा अधिकांशमा फ्रिजको प्रयोग नभएको पाइएको बताए । उनले भने–‘धेरै मासुपसल मापदण्ड विपरीत सञ्चालनमा रहेछन्, केही मासु पसलमा कुहेका मासु समेत फेला पा¥यौ, हामीले त्यसलाई तुरुन्त फाल्न लगायौं ।

अनुगमनका क्रममा म्याद गुजिएका खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य टाँस गर्न निर्देशन दिइएको भट्टराईले बताए ।

गुनासो बढेपछि धनकुटामा समेत अनुगमन

धनकुटा । सर्वसाधारणको व्यापक गुनासो आएपछि धनकुटामा समेत अनुगमन गरिएको छ । म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढी लिएको उपभोक्ताको गुनासोकोलाई मध्यनजर गरी बुधबार धनकुटामा सञ्चालित होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको हो ।

धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरिउको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रकासकीय अधिकृत अंकित मग्रान्तिले बताए । उनले भने–‘

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिएका छौं, पुन ः अनुगमन गर्दा त्यस्तै पाइएमा हामी कारबाही अगाडि बढाउछौं ।’

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु उनले बताए ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved