प्रदेश १ को नाम सगरमाथा माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • श्रावण १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । पहिचानवादीहरुले पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरणको माग राख्दै आन्दोलन चर्काइरहेको बेला संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश एकको नाम सगरमाथा राख्नुपर्ने मागलाई अगाडि सारेका छन् ।

बुधबार उनीहरुले प्रदेश एकको नाम सगरमाथा हुनुपर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ज्ञापनपत्रमा प्रदेश १ मा विभिन्न जातजातिको बसोबास भएकोले इतिहासमा भेटिने, इतिहास बोल्ने जातिको जनसंख्या कम भएकाले जातिको आधारबाट नामकरण हुँदा सबैलाई समेट्न नसकिने भएकनोले सगरमाथा नाम उपयुक्त हुने जनाएका छन् । लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरोधका लागि विरोध धेरै हुने र ठूलो स्वर गर्नेको कुरा सुन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन ्।

द्वन्द्व निम्त्याउन सक्ने र स्थायी विवाद ल्याउन सक्ने नाम नराख्न आग्रह गर्दै उनीहरूले कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बेथिति गरिए संयुक्त खस क्षेत्री नेपाल विरोधको आवाज बुलन्द बनाउने विज्ञप्तीमार्फत चेतावनी समेत दिएका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको नाम राख्न नसकेको भन्दै प्रदेश खारेजीको समेत चर्चा भएको बताउँदै यस्ता संवेदनशील विषयमा हतार गर्नुभन्दा समय लिएर टुंगो लगाउनु राम्रो हुने उनीहरुले सुझाव दिएका छन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved