फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

  • श्रावण २०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ ।

मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ ।

क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए ।

उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अखिल क्रान्तिकारी जाने र विभिन्न उत्पादनका काम सुरु गर्ने उल्लेख छ । यस्तै स्कुल तथा कलेजमा च्याउ खेतीका लागि टे«निङ दिलाउन पहल गर्ने, मौरी पालनका लागि हरेक विद्यालयमा फूलखेती तथा एक स्कुल एक मौरीको डुँड अभियान सुरु गर्ने पनि उल्लेख छ ।

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले भने राष्ट्रिय उत्पादनलाई बढावा दिने वर्तमान सरकारको नीतिलाई यो कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनले सबै वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माको विरुद्धमा झुट र बेइमान गरेर बद्नाम गर्न खोजेको भएपनि त्यो अहिले पर्दाफास भएको बताइन् ।

उनले माओवादी कुनै पनि राष्ट्रघाटमा सहभागी नबनेको पार्टी भएको दाबी गर्दैृ नैतिकता, इमान र स्वाभिमान बचाउनका लागि माओवादी केन्द्रलाई जिताउनु पर्नेमा जोड दिइन् ।

उनले यति, ओम्नी र नारायणहिटीमा बतासलाई पु¥्याएर विभिन्न भ्रष्टाचारका किर्तिमान खडा गर्नेहरुले देश चलाउन नसक्ने पनि दाबी गरिन् । सबै जनताको छोराछोरीले समान हिसावको शिक्षा पाउनका लागि पनि माओवादी केन्द्रले जित्नु पर्ने उनको भनाइ थियो ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved