धरानको विजयपुरमा आइतबारदेखि आरती: पर्यटन प्रवद्र्धनका लागि महाआरती सहयोगी बन्ने

  • श्रावण २३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । बोलबम मेला लागेसँगै धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भक्तजनहरु आउने क्रम बढेको छ ।

भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती ५ बर्ष अगाडिदेखि पिण्डेश्वर मन्दिरमा शुरु गरिएको हो । धरानस्थित पिण्डेश्व बाबाधाम समितिले प्रत्येक बर्ष साउनमा आयोजन गर्ने गरेको छ । विगतमा हुने भारतमा हुने आरती नेपालमै हुन थालेपछि भक्तजनहरु अपेक्षाकृत रुपमा बढेको समितिले बताएको छ ।

maha arati pic

 

गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि विगतमा महायज्ञका लागि भने भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन । यसलाई मध्यनजर गरी भक्तजनको चाहनालाई बुझेर यसपटकबाट पिण्डेश्वर मन्दिरमै २०७४ सालदेखि धरानमा गंगा महाआरतीको शुरुवात गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले भने–‘धार्मिक पर्यटनको सम्भावनालाई अझ बलियो बनाउन थप मद्दत पुग्ने विश्वासका हामीले भारतमा हुने आरती नेपालमै शुरु गरेका हौं, प्रत्येक बर्ष साउनमा पिण्डेश्वर मन्दिरमा आरती हुने गर्छ । यसले भक्तजनहरुलाई सहज भएको छ ।’

आन्तरिक तथा वाह्य धार्मिक पर्यटनका लागि महाआरतीलाई प्राथमिकतामा राखेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले भने–‘भारतको गंंगामा महाआरती गरिन्थ्यो, धेरै सर्वसाधारण भारत आरतीका लागि भारत जानुपर्ने अवस्था थियो, पहिला काठमाण्डौको पशुपति र अहिले पिण्डेश्वरमा शुरु गरेका हौं ।’

उनले दुई बर्ष कोरोना कारण महाआरती गर्न नपाइएको बताए ।

उनले महाआरती शुरु गर्दा भारतको बनारसबाट मगाइएको बताए । अहिले भारतमा हुने विधि प्रक्रियाबाट विधि प्रक्रियाबाटै महाआरती हुने भएकोले भक्तजनहरुलाई भारत जान नपर्ने भएको उनको भनाई छ

सरस्वती सरोवरको एक छेउमा स्टेज समेत बनाइएको छ । बासले बनाइएको स्टेज वरिपरि बसेर भक्तजनहरुले महाआरित गरेका छन् । प्रदेश नं. १ मै सुनसरीको धरानमा रहेको धार्मिक आस्था बोकेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु समेचेजस्तो नआउनुलाई यहाका समाजसेवी, अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्वमा जहाजही विस्तार हुदै गएको शिवालयका कारण इतिहास बोकेको पौराणिक तपोभूमि पिण्डेश्वर बाबाधाम समितिमा आउने भक्तजनहरुको संख्यामा वृृद्धि हुनुपर्नेमा घट्दै गएको भन्दै सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन् ।

 

पूर्वमै पहिलो पटक २०३९ सालमा यहाका अग्रजहरुले शुरु गरेको बोलबमको प्रथालाई जोगाउन तथा यसको महिमालाई जोगाइराख्न पक्कै पनि अब धरानका सबै वर्ग समुदाय सचेत हुनुपर्ने बेला आएको छ । महाआरतीको निरन्तताले पिण्डेश्वरको महिमालाई सधै बचाइराख्ने अपेक्षा धर्ममा आस्था राख्नेहरुले बताएका छन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved