अव्यवस्थित टहरा भत्काइयो

  • साउन १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ ।

धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो ।

सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने– ‘टहरा हटाउन असार ५ गते नै तीन दिनको सूचना जारी गरिएको थियो सूचनालाई वेवास्ता गर्दै अटेर गरी टहरा नभत्काएकोले विहीबार बाध्य भएर भत्काउनु परेको हो ।’

यसैगरी धरान–५ सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा अवैध रूपमा बनेका तीन वटा घर टहरा समेत भत्काइएको छ । सार्वजनिक तथा बनको जग्गामा बनेका तीन वटा अवैध घर टहरा विहीबार बिहान सवडिभिजन बन कार्यालय तीनकुने र धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले भत्काएका नगर प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved